काठमाडौं ।
काठमाडौंमा बसेको नेपाली कांग्रेसको देउवा समूहको बैठकले पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र नेता रमेश लेखकको पक्राउलाई राजनीतिक प्रतिशोध भन्दै यसको संवैधानिक, कानुनी र राजनीतिक रूपमा प्रतिवाद गर्ने निर्णय गरेको छ।
कार्यवाहक सभापति पूर्णबहादुर खड्काले विज्ञप्ति जारी गर्दै सरकार लोकतान्त्रिक प्रतिबद्धताबाट विचलित भएको आरोप लगाएका छन्। साथै, उनले पार्टीका नेता–कार्यकर्तालाई आगामी परिस्थितिको सामना गर्न तयार रहन अपिल गरेका छन्।











प्रतिक्रिया