दाउन्नेमा सडक दूर्घटना,तीनकाे मृत्यु,१६ घाईते


नवलपरासी ।

नवलपरासी पश्चिमकाे दाउन्ने सडक स्थित खुर्सानी खाेला नजिक सवारी दुर्घटनामा परि ३ जनाकाे मृत्यु भएकाे छ ।

मृत्यु हुनेमा ३ जना पुरूष रहेकाे जिल्ला प्रहरी कार्यालय नवलपरासी पश्चिमका सूचना अधिकारी प्रनाउ बीरदत्त पन्तले बताए ।

शुक्रबार राती स्थानीय ट्रक,बस र पिकअप सहितका सवारी ठाेक्किएर बस र ट्रक सडकबाट खस्दा साे दूर्घटना भएकाे बताईएकाे छ ।

बताइए अनुसार पूर्वबाट पश्चिम जाँदै गरेका ना ७ ख ९३९८ नम्बरकाे ट्रक,लु २ ख २५२१ नम्बरकाे बस र ना ५ ख २२७५ नम्बरकाे पिकअप ठाेक्किदा बस र ट्रक सडकबाट झण्डै २ सय मिटर तल खसेकाे थियाे ।
सूचना अधिकारी पन्तका अनुसार दूर्घटनामा परि बसमा सवार १५ जना र रेस्क्युका क्रममा १ प्रहरी पनि घाईते भएकाछन् ।

घाईतेहरू मध्ये अधिकांशकाे स्थानीय चिसापानी अस्पताल तथा कहीकाे बुटबलमा उपचार भई रहेकाे बुझिएकाे छ ।

मृतक मध्ये १ राेल्पा बाघमाराका करिव २५ वर्षका गाेविन बुढा रहेकाे र अन्य २ जनाकाे पहिचान नखुलेकाे प्रहरीले जनाएकाे छ ।

मृतकका शवलाई जिल्ला सदरमुकाम परासी स्थित पृथ्वीचन्द्र अस्पतालमा राखिएकाे छ ।