सिटिजन्स बैंकद्वारा ग्लोबल मनी विकमा देशभर वित्तीय साक्षरता कार्यक्रम

काठमाडौँ
सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले ग्लोबल मनी विक २०२६ को अवसरमा “स्मार्ट मनी टक्स” अर्थात् “बचत, योजना तथा लक्ष्य” भन्ने मूल नारासहित देशका सातै प्रदेशमा व्यापक वित्तीय साक्षरता कार्यक्रम सञ्चालन गरेको छ ।

बैंकले आफ्ना १०८ शाखा कार्यालयमार्फत चैत्र २ देखि ८ गतेसम्म हजारौँ सर्वसाधारण, विशेषगरी युवा र विद्यार्थीलाई लक्षित गर्दै कार्यक्रमहरू आयोजना गरेको हो । उक्त अभियानबाट करिब ६००० भन्दा बढी व्यक्तिहरू प्रत्यक्ष रूपमा लाभान्वित भएका छन् ।

कार्यक्रम अन्तर्गत कोशी, मधेश, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका विभिन्न शहर तथा ग्रामीण क्षेत्रहरूमा वित्तीय ज्ञान सम्बन्धी सचेतना फैलाइएको थियो । सहभागीहरूलाई वित्तीय साक्षरताको आवश्यकता र महत्व, बचत र खर्च व्यवस्थापन, विद्युतीय बैंकिङ सेवाको प्रयोग, नगदरहित कारोबार, विप्रेषण तथा सुरक्षित बैंकिङ अभ्यासबारे जानकारी प्रदान गरिएको थियो । साथै विद्युतीय बैंकिङको विस्तारसँगै बढ्दै गएको ठगी तथा जोखिमबारे सचेत गराउँदै सबै वित्तीय कारोबार बैंकिङ प्रणालीमार्फत गर्न आग्रह गरिएको थियो ।

बैंकले यस्ता कार्यक्रममार्फत युवाहरूमा वित्तीय अनुशासन विकास हुने र बैंकिङ प्रणालीप्रति विश्वास मजबुत बन्ने अपेक्षा गरेको छ । साथै वित्तीय ज्ञानको विस्तारले भविष्यमा जिम्मेवार आर्थिक निर्णय लिन सहयोग पुग्ने विश्वास व्यक्त गरिएको छ ।

सिटिजन्स बैंकले नवीन सेवा विस्तारमा पनि सक्रियता देखाउँदै फोनपेसँगको सहकार्यमा “सिटिजन्स mोनपे क्रेडिट कार्ड” नामक भर्चुअल क्रेडिट कार्ड सञ्चालनमा ल्याएको छ । साथै युवालाई लक्षित “सिटिजन्स जेन–जी सेभिङ अकाउन्ट”, “सिटिजन्स डिजी बैंक सेवा” नामक एकीकृत अनलाइन प्लेटफर्म र फ्रिलान्सरहरूका लागि “फ्रिलान्सर सेभिङ अकाउन्ट” जस्ता नयाँ सेवा सुरु गरेको छ ।

मोबाइल बैंकिङ एपमार्फत शेयर आवेदन तथा सीआरएन नम्बर सेवा लिन सकिने सुविधा समेत उपलब्ध गराइएको छ भने क्रस बैंक टेलर सेवा मार्फत अन्य बैंकका ग्राहकहरूले पनि क्यूआर स्क्यान गरी सिटिजन्स बैंकबाट नगद प्राप्त गर्न सक्ने व्यवस्था गरिएको छ ।

हाल बैंकले देशका ६१ जिल्लामा फैलिएका २०० शाखा, १६९ स्वचालित नगद वितरण यन्त्र, ३ विस्तारित काउन्टर र ४२ शाखारहित बैंकिङ इकाइमार्फत २० लाखभन्दा बढी ग्राहकलाई आधुनिक बैंकिङ सेवा प्रदान गर्दै आएको छ । साथै बैंक “बैंक अफ द इयर २०२४ र २०२५” जस्ता अन्तर्राष्ट्रिय सम्मान प्राप्त गर्न सफल भएको छ ।काठमाडौँ
सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले ग्लोबल मनी विक २०२६ को अवसरमा “स्मार्ट मनी टक्स” अर्थात् “बचत, योजना तथा लक्ष्य” भन्ने मूल नारासहित देशका सातै प्रदेशमा व्यापक वित्तीय साक्षरता कार्यक्रम सञ्चालन गरेको छ ।

बैंकले आफ्ना १०८ शाखा कार्यालयमार्फत चैत्र २ देखि ८ गतेसम्म हजारौँ सर्वसाधारण, विशेषगरी युवा र विद्यार्थीलाई लक्षित गर्दै कार्यक्रमहरू आयोजना गरेको हो । उक्त अभियानबाट करिब ६००० भन्दा बढी व्यक्तिहरू प्रत्यक्ष रूपमा लाभान्वित भएका छन् ।

कार्यक्रम अन्तर्गत कोशी, मधेश, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका विभिन्न शहर तथा ग्रामीण क्षेत्रहरूमा वित्तीय ज्ञान सम्बन्धी सचेतना फैलाइएको थियो । सहभागीहरूलाई वित्तीय साक्षरताको आवश्यकता र महत्व, बचत र खर्च व्यवस्थापन, विद्युतीय बैंकिङ सेवाको प्रयोग, नगदरहित कारोबार, विप्रेषण तथा सुरक्षित बैंकिङ अभ्यासबारे जानकारी प्रदान गरिएको थियो । साथै विद्युतीय बैंकिङको विस्तारसँगै बढ्दै गएको ठगी तथा जोखिमबारे सचेत गराउँदै सबै वित्तीय कारोबार बैंकिङ प्रणालीमार्फत गर्न आग्रह गरिएको थियो ।

बैंकले यस्ता कार्यक्रममार्फत युवाहरूमा वित्तीय अनुशासन विकास हुने र बैंकिङ प्रणालीप्रति विश्वास मजबुत बन्ने अपेक्षा गरेको छ । साथै वित्तीय ज्ञानको विस्तारले भविष्यमा जिम्मेवार आर्थिक निर्णय लिन सहयोग पुग्ने विश्वास व्यक्त गरिएको छ ।

सिटिजन्स बैंकले नवीन सेवा विस्तारमा पनि सक्रियता देखाउँदै फोनपेसँगको सहकार्यमा “सिटिजन्स mोनपे क्रेडिट कार्ड” नामक भर्चुअल क्रेडिट कार्ड सञ्चालनमा ल्याएको छ । साथै युवालाई लक्षित “सिटिजन्स जेन–जी सेभिङ अकाउन्ट”, “सिटिजन्स डिजी बैंक सेवा” नामक एकीकृत अनलाइन प्लेटफर्म र फ्रिलान्सरहरूका लागि “फ्रिलान्सर सेभिङ अकाउन्ट” जस्ता नयाँ सेवा सुरु गरेको छ ।

मोबाइल बैंकिङ एपमार्फत शेयर आवेदन तथा सीआरएन नम्बर सेवा लिन सकिने सुविधा समेत उपलब्ध गराइएको छ भने क्रस बैंक टेलर सेवा मार्फत अन्य बैंकका ग्राहकहरूले पनि क्यूआर स्क्यान गरी सिटिजन्स बैंकबाट नगद प्राप्त गर्न सक्ने व्यवस्था गरिएको छ ।

हाल बैंकले देशका ६१ जिल्लामा फैलिएका २०० शाखा, १६९ स्वचालित नगद वितरण यन्त्र, ३ विस्तारित काउन्टर र ४२ शाखारहित बैंकिङ इकाइमार्फत २० लाखभन्दा बढी ग्राहकलाई आधुनिक बैंकिङ सेवा प्रदान गर्दै आएको छ । साथै बैंक “बैंक अफ द इयर २०२४ र २०२५” जस्ता अन्तर्राष्ट्रिय सम्मान प्राप्त गर्न सफल भएको छ ।