गण्डकीसहित विभागीय टिम सेमिफाइनलमा

1.03k
Shares

नवलपरासी

नवलपरासी पूर्वमा जारी जिएम कप राष्ट्रिय पुरुष भलिबल प्रतियोगितामा गण्डकीसहित विभागीय टिमहरू सेमिफाइनल प्रवेश गरेका छन् ।

प्रतियोगितामा लुम्बिनी,सुदूर पश्चिम,काेशी र कर्णाली प्रदेश टिम नकआउट खेलबाटै बाहिरिए पछि गण्डकीसहित विभागीय टिमहरू सेमिफाइनलमा पुगेका हुन् ।

आईतबार नकआउट चरणकाे पहिलाे खेलमा नेपाल पुलिस क्लबले लुम्बिनी प्रदेश टिमलाई २५ /१८,२५/१३ र २५/१८काे सोझो सेटले हराए पछि लुम्बिनी प्रतियोगिताबाट बाहिरिएकाे हाे ।

त्यसै गरि २५/२३,२५/१८,२५/२७,२५/२१/२५ र १५/१२ सेटमा त्रिभुवन आर्मी क्लबले सुदूर पश्चिम प्रदेश समूहलाई नकआउट गरेकाे थियाे ।

नकआउट चरण अन्तर्गत प्रदेश प्रदेश बीचकाे तेश्राे खेलमा गण्डकीले २५/२१,२५/२०,२२/२५ र २५/२१ काे सेटमा काेशी प्रदेशलाई हराएकाे हाे ।

यस्तै एपिएफ र कर्णाली प्रदेश बीच भएकाे अन्तिम नकआउट खेलमा २५/२१,२५/१९र २५/२१ अंककाे जित निकाल्दै एपिएफले सेमिफाइनलकाे यात्रा तय गरेकाे छ।

प्रतियोगितामा गण्डकीका सन्ताेष बि.क.,पुलिस क्लबका प्रविन नगरकाेटी,नेपाल आर्मीका शरन समारी र एपीएफका सुरेन्द्र केसी म्यान अफदि म्याच घाेषित भएका छन् ।

सेमिफाइनल प्रवेश गरेका नेपाल पुलिस,त्रिभुवन आर्मी, एपिएफ र गण्डकी प्रदेश समूह बीच खेल हुने अन्तर्राष्ट्रिय रेफ्री एवं रेफ्री डेलिगेट टहल सिंह थापाले बताए।

भलिबल खेलमा ३ लाख पुरस्कार राशिको जिएम कपकाे फाइनल प्रतिस्पर्धा मंगलबार सम्पन्न हुने आयोजक पक्षले जनाएको छ ।