काठमाडौँ।
श्रम संस्कृति पार्टीले समानुपातिकतर्फबाट प्रतिनिधिसभामा पठाउने सांसदहरूको नाम टुंगो लगाएको छ। धरानमा आज बसेको पार्टी बैठकले नामावली तय गरी निर्वाचन आयोगमा सिफारिस गरेको हो।
पार्टीका अध्यक्ष हर्क साम्पाङका अनुसार समानुपातिक प्रणालीअन्तर्गत आदिवासी जनजातिबाट पूर्णप्रसाद लिम्बू, खस आर्यबाट अम्बिकादेवी सङ्ग्रौला, दलितबाट राधिका रम्तेल र मधेसी समुदायबाट रुवीकुमारी ठाकुर चयन भएका छन्।
पार्टीको विधान, योग्यता र क्षमताका आधारमा उम्मेदवार छनोट गरी नाम निर्वाचन आयोगमा पठाइसकिएको अध्यक्ष साम्पाङले जानकारी दिए।
श्रम संस्कृति पार्टीले प्रतिनिधिसभा निर्वाचनमा प्रत्यक्षतर्फ ३ सिट र समानुपातिकतर्फ ४ सिट जितेको थियो।











प्रतिक्रिया