प्रतिनिधिसभा निर्वाचन अपडेट: प्रत्यक्षतर्फको मतगणना अन्तिम चरणमा, रास्वपा १२४ सिट जित्दै पहिलाे स्थानमा (विवरणसहित)


काठमाडौं ।

प्रतिनिधि सभा सदस्य निर्वाचनअन्तर्गत प्रत्यक्षतर्फको मतगणना अन्तिम चरणमा पुगेको छ। निर्वाचन आयोगका अनुसार अब ४ सिटको नतिजा आउन बाँकी रहेको छ।

पछिल्लो मत परिणाम अनुसार राष्ट्रिय स्वतन्त्र पार्टीले गोरखा–१, नेपाली कांग्रेसले इलाम–१ र नेकपा एमालेले सङ्खुवासभा–१ मा अग्रता बनाइरहेका छन्। धनुषा–१ को मतपरिणाम भने हाल सार्वजनिक नगर्ने निर्णय निर्वाचन आयोगले गरेको छ।

हालसम्म राष्ट्रिय स्वतन्त्र पार्टीले सर्वाधिक १२४ सिट जितेको छ। दोस्रो स्थानमा नेपाली कांग्रेस १७ सिटसहित रहेको छ भने नेकपा एमालेले ८ सिट जितेको छ। नेपाली कम्युनिस्ट पार्टी ७ सिटसहित चौथो स्थानमा रहेको छ।

त्यस्तै श्रम संस्कृति पार्टीले ३ सिट, राष्ट्रिय प्रजातन्त्र पार्टीले १ सिट जितेका छन् भने १ जना स्वतन्त्र उम्मेदवार पनि विजयी भएका छन्।