काठमाडौँ।
गोरखा क्षेत्र नम्बर २ मा राष्ट्रिय स्वतन्त्र पार्टीका कविन्द्र बुर्लाकोटी विजयी भएका छन् । निकटतम प्रतिस्पर्धी कांग्रेसका प्रकाशचन्द्र दवाडीलाई दोब्बर बढी मतले पछि पार्दै बुर्लाकोटी विजयी बनेका हुन् ।
बुर्लाकोटीले २६ हजार ६६० मत ल्याए भने कांग्रेसका दवाडीले ११ हजार ७०० मत प्राप्त गरेका छन् । ११ हजार ७३ मत ल्याउँदै नेकपाका लेखनाथ न्यौपाने तेस्रो स्थान हासिल गरेका छन् ।
एमालेका मिलन गुरुङ (चक्रे मिलन) ले भने ३ हजार ८७ मत मात्र ल्याएको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ ।
१ लाख ८ हजार ५३३ मतदाता रहेको सो क्षेत्रमा कुल ५७ हजार १५६ मत खसेको थियो । जसमध्ये ३ हजार ९ मत बदर भएको छ ।











प्रतिक्रिया