काठमाडौँ
एनसेल बिजनेसले डिजिटल प्रिभिलेज कार्ड प्लेटफर्म दामी एक्सपिरियन्ससँगको साझेदारीमा ४ सय भन्दा बढी आउटलेटहरूमा प्राप्त गर्न सकिने विशेष अफर सार्वजनिक गरेको छ । मङ्गलवार एक सम्झौता पत्रमा दुई कम्पनीका प्रतिनिधिले हस्ताक्षर गरेसँगै यो अफर औपचारिक रूपमा सुरु भएको हो ।
सम्झौतामा एनसेलका प्रमुख कार्यकारी अधिकृत माइकल फोले र दामी एक्सपिरियन्सका प्रमुख कार्यकारी अधिकृत विजेन्द्र कुँवरले हस्ताक्षर गर्नुभएको थियो । यस साझेदारीअन्तर्गत प्रोफेसनल वा प्रिमियम एनसेल सिग्नेचर योजनामा आबद्ध ग्राहकहरूले विभिन्न रेस्टुरेन्ट, स्पा, व्यायामशाला र मनोरञ्जन गतिविधिमा ५० प्रतिशतसम्म छुट प्राप्त गर्न सक्नेछन् । यो अफर व्यावसायिक नेटवर्किङ अनि स्वस्थ जीवनशैली निर्वाहमा सहयोग गर्ने गरी तयार पारिएको छ ।
यो साझेदारीप्रति उत्साह व्यक्त गर्दै एनसेलका प्रमुख कार्यकारी अधिकृत माइकल फोलेले भने, “यो साझेदारीले नेतृत्वदायी भूमिकामा रहेका हाम्रा ग्राहकहरू लक्षित सिग्नेचर प्लानहरूलाई अझ बढी विशेष बनाएको छ । प्रिमियम अनुभूति अनि जीवनशैलीसँग जोडिने सुविधासहित हाम्रो सिग्नेचर प्लानले गुणस्तरीय, सुरक्षित र विश्व स्तरीय सञ्चार सुविधाका साथ सफलता प्राप्त गर्न सहयोग गर्छ।”
दामी एक्सपिरियन्सले एनसेल सिग्नेचर प्लान प्रयोगकर्ताहरूलाई विशेष छुट प्राप्त गर्न र उपभोग गर्न सहयोग गर्छ जसले उनीलाई कम खर्चमा बढी लाभ प्राप्त गर्न मद्दत गर्छ । यस साझेदारीअन्तर्गत प्रयोगकर्ताले हेयर एन्ड शान्तिमा कपाल काट्दा ५० प्रतिशत छुट प्राप्त गर्नेछन् । त्यस्तै दुसित प्रिन्सेस होटलमा २० प्रतिशत अनि विभिन्न व्यायामशालामा ४० प्रतिशतसम्म सम्म छुट लगायतका धेरै रोमाञ्चक अफरहरू एनसेलका सिग्नेचर प्लान प्रयोगकर्ताले प्राप्त गर्न सक्नेछन् ।
कुनै झन्झटबिना, एनसेल सिग्नेचर प्लान प्रयोगकर्ताले एनसेल एपमा रहेको दामी एक्सपिरियन्समा ट्याप गरेर यी अफरको फाइदा लिन सक्नेछन् । सरल प्रक्रिया पूरा गरेर एनसेल एप भित्रै रहेको डिजिटल भिआइपी कार्ड सक्रिय बनाएपछि ग्राहकले त्यहाँ सूचिकृत विभिन्न पार्टनर ब्रान्डबाट विविध लाभ लिन सक्नेछन् । कुन कुन ब्रान्ड यो योजनामा सामेल छन् र के कस्ता अफर प्राप्त गर्न सकिन्छ भन्ने कुरा ग्राहकले एनसेल एपमा रहेको दामी एक्सपिरियन्समा गएर आफैँ हेर्न सक्नेछन् ।
“प्रिमियम ब्रान्डमा विशेष छुट प्राप्त गर्न सकिने यी विशेष अफरलाई एनसेल सिग्नेचर प्लान प्रयोगकर्ता समक्ष पु¥याउन पाउँदा हामी अत्यन्तै हर्षित छौँ । म विश्वस्त छु कि यी अनुभवले हाम्रा ग्राहकको व्यावसायिक जीवनशैलीलाई थप परिष्कृत बनाउन मद्दत गर्नेछ,” दामी एक्सपिरियन्सका प्रमुख कार्यकारी अधिकृत विजेन्द्र कुँवरले भन्नुभयो ।
मोबिलिटी सेग्मेन्ट अन्तर्गत एनसेलको एनसेल बिजनेसले प्रोफेसनल र प्रिमियम एनसेल सिग्नेचर प्लानहरू उपलब्ध गराउँदै आएको छ । यो योजना निरन्तर सम्पर्कमा बसिरहनुपर्ने कर्पोरेट अधिकृत, नेतृत्वदायी भूमिका रहेका व्यवसायी प्रति लक्षित गरिएको छ जसले सधैँ उत्कृष्ट सेवाको अपेक्षा गर्दछन् । यी योजनामा भ्वाइस, डेटा, एसएमएस र अन्तर्राष्ट्रिय रोमिङ (भोइस र डेटा) सेवाहरू उपलब्ध छन् जसले नेपालभित्र र बाहिर निर्वाध सञ्चार सुविधा सुनिश्चित गर्छ ।
२५० जीबीसम्मको उच्च गतिको डेटा, असीमित मासिक कल र एसएमएस तथा विभिन्न प्रमुख देशहरुमा अन्तर्राष्ट्रिय रोमिङ सेवाका लाभहरूका साथ एनसेल सिग्नेचर प्लानले निर्वाध कनेक्टिभिटी सुनिश्चित गर्दछ ।
व्यक्तिगत आवश्यकताका आधारमा ग्राहकहरूले प्रोफेसनल एनसेल सिग्नेचर प्लान वार्षिक १७,९९९ रुपियाँमा वा प्रिमियम एनसेल सिग्नेचर प्लान वार्षिक २१,९९९ मा प्राप्त गर्न सक्छन् । छनोट गरिएको योजना अनुसार प्रयोगकर्ताले भारत, चीन, अमेरिका, बेलायत, सिंगापुर, कतार, मलेसिया, थाइल्यान्ड र संयुक्त अरब एमिरेट्स जस्ता प्रमुख गन्तव्यमा मासिक ६० मिनेटसम्म अन्तर्राष्ट्रिय रोमिङ भ्वाइस र १० जीबी रोमिङ डेटा प्राप्त गर्छन् ।











प्रतिक्रिया