धादिङ ।
२००७ सालमा प्रजातन्त्र आएको दिनको खुसीमा जिल्लाका केही न केही कार्यक्रम भइरहेको छ । धादिङमा पनि सहितह्रको तस्वीरमा पुजा गरेर र प्रजातन्त्रका बारेमा नागरिकलाई जागरिुक गराएर कार्यक्रम मनाइएको थियो ।

जिल्ला प्रसासन कार्यालयमा भने ८ जना नेपाल बसेको २० वर्षभन्दा बढी समयदेखि नागरिकताबको पर्खामा रहेकाहरु हातमा नागरिकता लिन आतुर थिए । जसले नागरिकता लिन बसीरहेका थिए उनका बाबु भारतीय भएपनि आमा नेपाली हुन् । कानुनले आमाको नामबाट बाबु विदेसी भएपनि अंगिकृत नागरिकता दिनमिल्ने गरि यवस्था गरेको भएपनि अनेकन झण्झट र व्यववधानका बाबजुत नागरिकता पाउन सकेका थिएनन्। नेपालमै जन्मिएर बाबुको घरसमेत नदेखेका नेपाली आमाका ८ जना छोराछोरी भने प्रजातन्त्र दिवसको दिन आफ्नो प्रजातन्त्र कुरीरहेका थिए ।
जब प्रमुख जिल्ला अधिकारीले कानूनी प्कृया पुरा गरेर नागरिकता हातमा दिए तब ३८ वर्षीय प्रदिप पन्तले भने मेरोलागि भरखर प्रजातन्त्र आयो ।
उनिज र उनिसंग नागरिकता लिन आएकाहरु गम्भीर भए । भावुक बने ।जिल्ला प्रशासन कार्यालय धादिङले पहिलो पटक जिल्लाबाट ८ जनालाई अंगिकृत नागरिकता दिन बोलाएको थियो ।
२० वर्षभन्दा पहिलेदेखि धादिङ बस्दै आएका बेनिघाटरोराङ गाउँपालिकाका ३ जना र नीलकण्ठ नगरपालिकाका ५ जनालाई अंगिकृत नागरिकता दिएको हो ।
आमा नेपाली र बाबु विदेसी मुलका बेनिघाटरोराङ गाउँपालिका वडा नम्बर ३ मा वषेँदेखि बसोबास गर्दै आएका बेनिघाटरोराङ गाउँपालिका वडा नम्बर ३ का ३८ वर्षीय प्रदिप पन्त, २८ वर्षीय भुवन शर्मा र ३० वर्षीया उषा पन्तले अंगिकृत नागरिकता प्राप्त गर्नुभएको छ । पन्त दाजुबहिनीले बिबिएस र एमएड सम्म अध्यायन गरिसक्नुभएको छ ।
उनिहरुको आमा धादिङ निवासी बासना गिरी शर्मा हुनुहुन्छ भने बुबा भारत निवासी गोपाल शर्मा हुनुहुन्छ ।यसैगरि नीलकण्ठ नगरपालिका वडा नम्बर ३ मा बसोबास गर्दै आउनुभएका बुबा भारत निवासी अमरलाल साह र आमा नीलकण्ठ नगरपालिका वडा नम्बर ३ निवासी जिउतीकुमारी देवी उल्लेख गरेर ५ जना छोराछोरीलाई अंगिकृत नागरिकता दिइएको हो ।
नीलकण्ठ नगरपालिका वडा नम्बर ३मा बसोबास गर्दै आउनुभएका ३२ वर्षीय राजेशप्रसाद साह, २७ वर्षीया रंजुकुमारी जैसवाल, २५ वर्षीया कविताकुमारी जैसवाल, २३ वर्षीया सबिता कुमारी जैसवाल र १९ वर्षीय राहुल प्रसाद साहले अंगिकृत नागरिकता लिनुभएको प्रशासकिय अधिकृत राममणि मिश्रले जानकारी दिनुभयो ।
प्रमुख जिल्ला अधिकारी विजयराज सुवेदीले अंगिकृत नागरिकता सम्बन्धी कानून, विधि, प्रकृया अपनाएर अंगिकृत नागरिकता दिएको बताउनुभयो ।
नागरिकता पाएपछि ३२ वर्षीय राजेशप्रसाद साहले आफूहरुलाई अहिले भरखर प्रजातन्त्र आएको अनुभव भएको बताउनुभयो ।धादिङमा बर्षौँदेखि बसोबास गरेर नागरिकताको पर्खाईमा बसिरहेकाहरु यो जानकारिपछि लाभान्वित हुनेछन् ।











प्रतिक्रिया