रास्वपाले सार्वजनिक गर्‍यो ‘रूपान्तरणका लागि नीतिगत १०० आधार’ बाचापत्र(पूर्णपाठसहित)


काठमाडौँ ।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले बिहीबार सर्खेतबाट आफ्नो चुनावी बाचापत्र सार्वजनिक गरेको छ। ‘थिति बसाल्ने सङ्कल्प’ नारासहित प्रस्तुत बाचापत्रमा शासकीय सुधार, भ्रष्टाचार नियन्त्रण, डिजिटल सुशासन र चुस्त सेवा प्रवाहलाई मुख्य प्राथमिकता दिइएको छ।

बाचापत्रअनुसार, सरकारी सेवाहरू लिन लाइन बस्ने बाध्यता हटाएर ‘लाइन होइन, अनलाइन’ प्रणाली लागू गरिने, बिचौलियाको अन्त्य गरिने र राष्ट्रिय परिचयपत्रलाई एकीकृत सेवा आधार बनाइने उल्लेख छ। भ्रष्टाचार नियन्त्रणका लागि वि.सं. २०४६ सालदेखि सार्वजनिक पदमा रहेका व्यक्तिहरूको सम्पत्ति छानबिन गरिने र भ्रष्टाचार फाइलहरू खोलिने नीति लिइने पनि उल्लेख छ।

पार्टीले कुनै भातृ सङ्गठन नखोल्ने र शिक्षा, स्वास्थ्य तथा सार्वजनिक संस्थानहरूलाई दलीय राजनीतिबाट पूर्ण रूपमा मुक्त गर्ने प्रतिबद्धता व्यक्त गरेको छ। आर्थिक क्षेत्रमा डिजिटल अर्थतन्त्र, स्टार्टअप प्रवर्द्धन र ‘मेक इन नेपाल’ अभियानमार्फत उत्पादनमुखी तथा आत्मनिर्भर अर्थतन्त्र निर्माण गर्ने लक्ष्य राखिएको छ।

त्यसैगरी, वैदेशिक रोजगारीमा रहेका नेपालीलाई मतदानको अधिकार (आई–भोटिङ) सुनिश्चित गर्ने र ‘एक पटकको नेपाली, सधैंको नेपाली’ अवधारणा अनुरूप गैर–आवासीय नेपालीलाई अधिकार सम्पन्न बनाउने विषय पनि प्राथमिकतामा राखिएको छ। वातावरण संरक्षण, पूर्वाधार विकास र सामाजिक न्यायसमेत समेट्दै रास्वपाले समुन्नत नेपालको खाका प्रस्तुत गरेको छ।

रास्वपाले सार्वजनिक गर्‍यो ‘रूपान्तरणका लागि नीतिगत १०० आधार’ बाचापत्र

https://drive.google.com/file/d/1DjCJj87Uiyhf-E8b8oFCl7f32W-NM-QI/view?usp=sharing