काठमाडौं ।
जेनजी आन्दोलनको क्रममा भएको आगजनी र तोडफोडमा संलग्नलाई नेकपा एमालेले अराजक तत्वको संज्ञा दिएको छ। बिहीबार सार्वजनिक गरिएको एमालेको घोषणापत्रमा सिंहदरबार, सर्वोच्च अदालत, अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र, प्रहरी चौकी, पालिका कार्यालय लगायत क्षतिग्रस्त सार्वजनिक संरचनाको एक वर्षभित्र पुनर्निर्माण गर्ने प्रतिवद्धता व्यक्त गरिएको छ।
घोषणापत्रमा निजी सम्पत्तिमा भएको क्षतिको मूल्यांकन गरी सहुलियतपूर्ण कर्जा उपलब्ध गराउने, बीमित संरचना र व्यवसायको बीमा भुक्तानी छिट्टै सम्पन्न गर्ने र आगजनी तथा तोडफोडमा संलग्नलाई कानूनी दायरामा ल्याउने योजना पनि समेटिएको छ।
साथै, गत वर्षको बाढी, पहिरो र पश्चिम नेपालमा गएको भूकम्पले क्षति पुर्याएका संरचनाको दुई वर्षभित्र पुनर्निर्माण गर्ने प्रतिवद्धता पनि एमालेले जनाएको छ।











प्रतिक्रिया