कांग्रेसको प्रतिज्ञा : प्रधानमन्त्री र मुख्यमन्त्री दुई पटक मात्र


काठमाडौँ ।

नेपाली कांग्रेस ले प्रधानमन्त्री र मुख्यमन्त्रीको कार्यकाल सीमित गर्ने प्रस्ताव अघि सारेको छ। आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि तयार पारिएको प्रतिज्ञा पत्रमा प्रधानमन्त्री र मुख्यमन्त्री अधिकतम दुई पटक मात्रै बन्न पाउने व्यवस्था गर्ने उल्लेख गरिएको छ।

बिहीबार काठमाडौँमा आयोजित ‘हाम्रो प्रतिज्ञा, तपाईँको पश्च’ शीर्षकको अन्तरक्रियामा पार्टीका सभापति गगन थापा ले सङ्घ र प्रदेश तहमा मन्त्रालयको सङ्ख्या घटाउने प्रतिबद्धता पनि सार्वजनिक गरे।

उनका अनुसार सङ्घमा बढीमा १६ र प्रदेशमा ६ वटा मात्रै मन्त्रालय रहने व्यवस्था गरिनेछ। गठबन्धनका नाममा मन्त्रालय थप्ने परिपाटी अन्त्य गर्ने प्रतिबद्धता कांग्रेसले जनाएको छ।