डा. शेखर कोइरालाले दिए प्रजातन्त्र दिवसको सन्देश


काठमाडौं ।

नेपाली कांग्रेस मोरङ क्षेत्र नं. ६ का प्रतिनिधि सभा सदस्य पदका उम्मेदवार तथा डा. शेखर कोइराला ले प्रजातन्त्र दिवसको अवसरमा सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूमा शुभकामना व्यक्त गर्नुभएको छ।

उहाँले प्रजातन्त्र स्थापना तथा संरक्षणका लागि योगदान पु¥याउने सम्पूर्ण सहिदहरूप्रति श्रद्धाञ्जली अर्पण गर्दै लोकतन्त्रको सुदृढीकरणमा सबैलाई एकताबद्ध भएर लाग्न आह्वान गर्नुभएको छ।

उहाँले सन्देशमार्फत देशमा दिगो शान्ति, सुशासन र समृद्धि कायम होस् भन्ने कामना समेत व्यक्त गर्नुभएको छ।

विसं २००७ सालको क्रान्तिबाट प्राप्त उपलब्धिको स्मरण गर्दै उनले सङ्घीय लोकतान्त्रिक गणतन्त्र, संविधान र जनअधिकारको संरक्षणमा एकजुट हुनुपर्नेमा जोड दिएका छन्।