श्रीदेवीले बिहेपछि रजनीकान्तका लागि राखेकी थिइन् ७ दिन लामो व्रत


बलिउडकी सुन्दरी सुपरस्टार श्रीदेवीस“ग जोडिएको एउटा यस्तो किस्सा पनि छ, जसको बारेमा थोरैलाई मात्र थाहा छ। भारतीय सञ्चार माध्यमका अनुसार यो यस्तो रोचक किस्सा हो, जहाँ श्रीदेवीले एक अभिनेताका लागि ७ दिन लामो व्रत राखेकी थिइन्।
भारतीय मनोरञ्जनको दुनिया“मा किस्साहरूको कमी छैन। अनि यस्ता रोचक कहानीको कमी पनि छै्रन। त्यो किस्सा चाहे फिल्मस“ग जोडिएको होस् या अभिनेता वा अभिनेत्रीस“ग जोडिएकै किन नहोस्।

यस्तै एउटा किस्सा बलिउडको पहिलो महिला सुपरस्टार श्रीदेवीस“ग जोडिएको छ। दक्षिण भारतीय फिल्मबाट बलिउडमा उदाएकी श्रीदेवीले निकै कलिलो उमेरमा कमल हसन र रजनीकान्त जस्ता सुपरस्टारसँग काम गरेकी थिइन्। एक फिल्ममा त उनले १२÷१३ वर्षकै उमेरमा रजनीकान्तको आमाको भूमिकामा समेत अभिनय गरेकी थिइन्। श्रीदेवी र रजनीकान्तबिचको बाउन्डिङ निकै बलियो थियो। त्यसैले हुनुपर्छ भारतीय सञ्चार माध्यमले चर्चा गरेअनुसार श्रीदेवीले बिहेपछि पनि रजनीकान्तका लागि ७ दिन लामो कडा व्रत लिएकी थिइन्।

रजनीकान्त र श्रीदेवीले हिन्दी, तमिल, तेलुगु, मलयालम र कन्नड भाषाका करिब २५ फिल्ममा एकसाथ काम गरेका थिए। रजनीकान्तले सन् २०११ को एक अन्तर्वार्तामा राणा नामक फिल्मको सुटिङका दौरान अचानक आप्mनो स्वास्थ्य खराब भएपछि श्रीदेवीले शिरडीका साई बाबा मन्दिर पुगेर बाबाको दर्शन गरी प्रार्थना गरेकी थिइन्। यसका अलावा श्रीदेवीले रजनीकान्तको शीघ्र स्वास्थ्यलाभको कामना गर्दै ७ दिनसम्म व्रत राखेकी थिइन्। त्यस बेला रजनीकान्त स्वास्थ्य उपचारका लागि सिंगापुर पुगेका थिए।

रजनीकान्तका अनुसार उनी ठिक भएर घर पुगेपछि श्रीदेवी आप्mना पति बोनी कपूरका साथ उनलाई भेट्न पुगेकी थिइन्। श्रीदेवीको २४ फरवरी २०१८ मा निधन भएको थियो।