कजारियाको नयाँ शोरूम जनकपुरमा खुल्यो


काठमाडौँ ।

प्रिमियम तथा नवीन डिजाइनका टायल उत्पादनमा ब्रान्ड कजारियाले जनकपुरमा नयाँ शोरूम विस्तार गरेको छ । बाबा अटोमाटा ट्रेडिङले जनकपुरमा नयाँ शोरुम सञ्चालनमा ल्याइएको हो । उक्त शोरूममार्फ जनकपुर तथा आसपासका क्षेत्रमा उच्च गुणस्तरका टायलप्रति बढ्दो मागलाई सम्बोधन गर्ने कम्पनीले जनाएको छ ।

शुक्रबार विशेष समारोहकाबीच कजारिया रमेश टायल्स लिमिटेडका निर्देशक हिमांशु अग्रवालद्वारा रिबन काटेर शोरुमको उद्घाटन गरिएको हो । उक्त अवसरमा कजारिया रमेश टायल्स लिमिटेडका निर्देशक अग्रवालले क्षेत्रीय ग्राहक तथा व्यावसायिक साझेदारको निरन्तर विश्वासप्रति आभार व्यक्त गर्दै कजारियाको स्थानीय विकासमा योगदान रहेको बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘कजारिया जस्ता प्रतिष्ठित ब्रान्डको जनकपुरजस्ता प्रमुख शहरमा विस्तार हुनु नेपालका निर्माण तथा पूर्वाधार क्षेत्रमा बढ्दो सकारात्मक गतिशीलताको संकेत हो । यस्ता पहलले उपभोक्तालाई गुणस्तरीय तथा विश्वसनीय उत्पादनमा पहुँच प्रदान गर्नुका साथै रोजगारी सिर्जना र क्षेत्रीय आर्थिक वृद्धिमा समेत टेवा पु¥याउनेछ ।’

जनकपुरको प्रमुख स्थानमा अवस्थित नयाँ शोरूममा कजारियाका प्रिमियम टायल संग्रह आकर्षक र व्यवस्थित रूपमा प्रदर्शित गरिएको कम्पनीले जनाएको छ । ग्राहकले आवासीय, व्यावसायिक तथा आर्किटेक्चरल प्रयोगका लागि उपयुक्त विविध डिजाइन तथा शैली आधुनिक र ग्राहक–मैत्री वातावरणमा अवलोकन गर्न सकिने पनि कम्पनीले जनाएको छ ।

कजारिया रमेश टाइल्स लिमिटेडले नेपालमै स्थापना गरेको देशकै सबैभन्दा ठूलो टायल उत्पादन उद्योगमार्फत टायल क्षेत्रमा नयाँ मापदण्ड स्थापित गरिसकेको छ । अत्याधुनिक प्रविधियुक्त यस उद्योगले अन्तर्राष्ट्रिय गुणस्तर कायम गर्दै ३ हजारभन्दा बढी डिजाइन विकल्प उपलब्ध गराउँदै आएको छ, जसले आन्तरिक सजावटलाई अझ आकर्षक र दीगो बनाउने कम्पनीको दाबी छ ।

हाल कजारियाले नेपालभर १०० भन्दा बढी शोरूमको सशक्त सञ्जाल विस्तार गरिसकेको छ । कम्पनीका उत्पादनमा ग्लेज्ड भिट्रिफाइड टायल, हेभी ड्युटी ग्लेज्ड भिट्रिफाइड टायल तथा सेरामिक वाल टायल उपलब्ध छन् । यी टायल पानी तथा दाग प्रतिरोधी, बलियो, दीगो र आधुनिक डिजाइनमा उपलब्ध रहेका कम्पनीले जनाएको छ ।