काठमाडौं ।
श्री एयरलाइन्सको धनगढीका लागि उडेको जहाज गन्तव्यमा अवतरण हुन नसकेपछि मध्यरातमा काठमाडौं फर्किएको छ। अवतरणमा समस्या आएपछि विमानलाई पुनः त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ल्याइएको हो।
काठमाडौंबाट नियमित उडानमार्फत धनगढीका लागि प्रस्थान गरेको जहाज प्रतिकूल मौसमका कारण अवतरण गर्न नसकेको प्रारम्भिक जानकारी प्राप्त भएको छ। मौसममा आएको अचानक परिवर्तनका कारण पाइलटले सुरक्षा सतर्कता अपनाउँदै विमान काठमाडौं फर्काउने निर्णय गरेको स्रोतले जनाएको छ।
विमान काठमाडौं फर्किएपछि यात्रुहरू केही समय विमानस्थलमै अलपत्र परेका थिए। मध्यरातमा उडान प्रभावित भएपछि यात्रुहरूले असुविधा भोग्नुपरेको गुनासो गरेका छन्। विशेषगरी वृद्धवृद्धा, बालबालिका तथा बिरामी यात्रुहरू बढी समस्यामा परेको बताइएको छ।
एयरलाइन्स स्रोतका अनुसार यात्रुहरूलाई वैकल्पिक उडानमार्फत गन्तव्य पठाउने तयारी भइरहेको छ। मौसममा सुधार आएपछि पुनः उडान सञ्चालन गर्ने योजना रहेको जनाइएको छ।
यस घटनाबारे आधिकारिक धारणा भने एयरलाइन्सले सार्वजनिक गरिसकेको छैन। विमानस्थल स्रोतका अनुसार उडान सुरक्षालाई प्राथमिकतामा राख्दै विमान फर्काइएको हो।











प्रतिक्रिया