हेटौंडा।
गायक जनक लामा र जितु लोप्चनको स्वरमा माछी खोलीमा–२ सार्वजनिक गरिएको छ।
गायक लामाको युट्युब च्यानलबाट सार्वजनिक गरिएको गीत प्रज्ज्वल दोङले लेखेका छन् भने संगीत चेतन लामाले दिएका छन्। गीतमा एरेन्जमेन्ट, मिक्सिङ र मास्टरिङ सानुबाबु घिसिङको छ।
यसअघि सार्वजनिक माछी खोलीमा–१ मन पराइएकाले त्यसैको निरन्तरताका रुपमा माछी खोलीमा–२ सार्वजनिक गरिएको गायक लामाले बताए। गीतमा माया प्रेमका भावनालाई सरल र प्रेमिलढंगले प्रस्तुत गरिएको छ।











प्रतिक्रिया