काठमाडौं ।
इरानका सर्वोच्च नेता अली खामेनेईका वरिष्ठ सल्लाहकार र रक्षा परिषद्का सचिव अली शामखानीले इरान र संयुक्त राज्य अमेरिका बीचको वार्ता यथार्थमा आधारित र अत्याधिक मागमुक्त भए आपसी हितको रक्षा गर्दै अघि बढ्न सक्ने बताउनुभएको छ।
शामखानीले कतारको अल जजिरासँगको अन्तर्वार्तामा फेब्रुअरी ६ मा ओमानमा सम्पन्न पहिलो चरणको अप्रत्यक्ष आणविक वार्ताको सन्दर्भ दिँदै यस्तो धारणा व्यक्त गर्नुभएको हो। उहाँले पश्चिम एसियाको स्थिरता र सुरक्षामा नकारात्मक असर पार्ने कार्य र गतिविधिबाट टाढा रहनु सबै पक्षका लागि तार्किक मार्ग भएको समेत बताउनुभयो।
उहाँका अनुसार, क्षेत्रमा कूटनीतिक उपायहरूले तनाव कम गर्ने र राजनीतिक समाधानलाई सुदृढ गर्ने उद्देश्यमा केन्द्रित रहनु आवश्यक छ।











प्रतिक्रिया