काठमाडौँ ।
फागुन कृष्ण चतुर्दशीका अवसरमा हिन्दु धर्मावलम्बीहरूको महान् पर्व महाशिवरात्रि आज देशभर श्रद्धा, भक्ति र उल्लासका साथ मनाइँदै छ। भगवान् शिवको प्रिय दिनका रूपमा मनाइने यस पर्वमा भक्तजनहरूले व्रत, पूजा, अर्चना तथा रात्रि जागरण गर्दै शिवलिंगमा दुग्धाभिषेक गरिरहेका छन्।
महाशिवरात्रिका अवसरमा पशुपतिनाथ मन्दिर, डोलेश्वर महादेव मन्दिर, देवघाट धाम र हलेसी महादेव मन्दिर लगायत देशभरका शिवालयहरूमा दर्शनार्थीहरूको उल्लेखनीय भीड लागेको छ। पशुपतिनाथ क्षेत्रमा विशेष मेला लाग्नुका साथै स्वदेश तथा भारतबाट आएका साधु–सन्तहरूको उपस्थिति देखिएको छ।
त्यस्तै भारतका काशी विश्वनाथ मन्दिर, केदारनाथ मन्दिर, सोमनाथ मन्दिर र महाकालेश्वर ज्योतिर्लिङ्गमा पनि भक्तजनहरूको ठूलो भीड लागेको जनाइएको छ।
शिवपुराणमा उल्लेख भएअनुसार यस दिन उपवास र ‘ऊँ नमः शिवाय’ मन्त्र जप गर्दा सुख, समृद्धि तथा मोक्ष प्राप्त हुने धार्मिक विश्वास रहिआएको छ।











प्रतिक्रिया