नवलपरासी।
दुई निर्वाचन क्षेत्र रहेकाे नवलपरासी पूर्वमा तराईबाट उम्मेदवारहरू घरदैलोका लागि पहाड चढ्न थालेका छन् । भित्री मधेस र तराईसहित जिल्लाकाे ठूलाे भूभाग पहाडी क्षेत्रमा पर्दछ ।
पहाड चढेका उम्मेदवारहरूलाई स्थानीयले ठाउँ ठाउँमा फूलमाला र अबिरले स्वागत गरेका छन् भने सँगसँगै चुनाव जिते पछि बिर्सन पाइने छैन भन्दै खबरदारी समेत गरेकाे भारतीपुरका डाेलराज रानाले बताए ।

मतदाताले घरदैलाेमा आएका उम्मेदवारलाई बाटाे घाटाे, पुल निर्माण, सडक स्तरन्नाेती,फलफूल एवं कृषि बाली प्रबर्द्धनका लागि सिंचाईमा सहजिकरण जस्ता माग राखेकाछन् ।
यश क्षेत्रका विभिन्न राजनैतिक दलका उम्मेदवारले पहाडी क्षेत्रकाे मतलाई आफ्नाे जितकाे सुनिश्चित आधारका रूपमा बिगतदेखि लिदै आएकाछन् ।
यश पटक क्षेत्र नम्बर १ मा एमालेले जन संगठन र काँग्रेसले निरन्तर जितकाे वर्चस्वसहित मजबुद जनाधारलाई जितकाे आधार बनाएको छ ।
त्यसैगरी रास्वपाले गत निर्वाचनको मत परिमाण, युवा जनलहर र दाताहरूले मत बदल्ने कुरामा आशावादी रहेकाे बताइन्छ ।
कतिपय उम्मेदवारले पार्टीले अवलम्बन गरेका नीति, सामाजिक छवि,व्यक्तित्व र विकास एजेण्डाले जित दिलाउने बताउदै आएकाछन् ।

२०४६ सालकाे राजनैतिक परिवर्तन पछि नवलपरासी १ मा नेपाली काँग्रेसका उम्मेदवारले पहाडी मतदाताकाे निर्णायक मतसँगै जित हासिल गर्दै आएकाे स्थानीयकाे भनाई छ ।
याे क्षेत्रबाट प्रजातन्त्रका सेनानी सूर्यभक्त अधिकारी, दामाेदर बस्ताकाेटी, जिल्ला सभापति महेन्द्रध्वज जिसी र लगातार ४ पटक बिपी पुत्र शशांक काेइराला प्रतिनिधि सभाका लागि निर्वाचित भएका थिए ।
त्यसैगरी २ नम्बर क्षेत्रमा बहुदल आएदेखि नेकपा एमालेका उम्मेदवारहरूले राख्दै आएकाे जितकाे वर्चस्व दाेश्राे संविधान सभामा काँग्रेसका महेन्द्रध्वज जिसी तथा गत २०७९ काे निर्वाचनमा नेपाली काँग्रेसका उम्मेदवार बिष्णु कार्कीकाे जितसंगै ताेडिएकाे जिल्लाबासीकाे भनाइ छ ।
अघिल्ला निर्वाचनहरूमा नेकपा एमालेका मझिलाल थारु थनेत,चन्द्रमणि खराल, जीवन कुमार श्रेष्ठ, कृष्ण पाैडेल, तिल बहादुर महत क्षेत्री लगायतका उम्मेदवारले यहाँबाट चुनाव जितेका थिए ।यस्तै यहाँकाे दाउन्ने पूर्वसहित पश्चिम बर्दघाटकाे भूगाेल समेटिएका बेला ३ नम्बर क्षेत्रबाट नेकपा माओबादीका उम्मेदवार सीता बाैडेल संबिधान सभा निर्वाचनमा निर्वाचित भएकी थिईन् ।
बिगतकाे निर्वाचनमा भने याे क्षेत्रमा नेपाली काँग्रेस र एमाले नै मुख्य प्रतिस्पर्धी देखिएका थिए । जुन कुराकाे पुष्टि २०७९ काे निर्वाचन परिणामले गरेकाे थियाे ।
यस पटक नेपाली काँग्रेसका युवा नेता ओम बहादुर घर्ती मगर, एमाले केन्द्रीय सदस्य तिलक महत, रास्वपाका तर्फबाट मनिष खनाल,थारु महिला नेतृ रूना महताे राप्रपा, श्रम संस्कृतिका कमल चापागाईं लगायतकका उम्मेदवार चुनावी घरदैलाेमा छन् ।
चुनावी मैदानमा उत्रिएर सबै उम्मेदवार मतदाताकहाँ पुगेर मत मागि रहँदा स्थानीयले भने काँग्रेस एमाले र रास्वपाबीच नै मुख्य प्रतिस्पर्धा देखिएकाे बताउँछन् ।
यसरी नै क्षेत्र नम्बर १ मा नेपाली काँग्रेस,नेकपा एमाले र रास्वपा उम्मेदवारहरूनै हार जितकाे नजिक नजिक रहेकाे राजनैतिक बृत्तमा चर्चा रहेकाे छ ।
त्यसाे त आँफूहरू पनि दुबै क्षेत्रमा उत्तिकै प्रतिष्प्रर्धी रहेकाे बताउदै नेपाली कम्युनिस्ट पार्टी,राष्ट्रिय जनमुक्तिपार्टी,मंगाेल नेशनल अर्गनाइजेसन, राष्टीय जनमाेर्चा लगायत दल र स्वतन्त्र उम्मेदवार मतदाता भेट्न घरदैलाेमै व्यस्त देखिन्छन् ।
यसै क्रममा क्षेत्र नम्बर १ का काँग्रेस उम्मेदबार बालकृष्ण घिमिरे पहाडकाे बुलिङटार गाउँपालिका अन्तर्गत अत्राैली,अर्खला,पाेखरी,डाँडाझेरीका घरदैलाेमा आइ पुगेको स्थानीय सूर्य कडेलले बताए ।
त्यसैगरी नेकपा एमाले उम्मेदवार भागिरथ सापकाेटा पनि पहाडी क्षेत्रकाे घर दैलाेमा पुगेकाछन् ।

उनले छरछरे, बुलिङ्ग, काेखे, देउपुर लगायत पहाडी क्षेत्रका मतदातासंग भेट गरेकाे बुलिङ्गटारका बिद्राेही गिरीले बताए ।
यसैगरी रास्वपा उम्मेदवार राजन गाैतमका अनुसार केही दिन अघि पहाड उक्लिएर मतदाताका घरदैलाेमा पुगेको र स्थानीयबाट आँफुले राम्राे समर्थन पाएकाे दाबी गरे ।
बताईए अनुसार काँग्रेसका घिमिरे, राप्रपाका दीपकचन्द्र बस्ताकाेटी बुलिङ्गमै जन्मिएर त्यहीकाे माटाेमा बिद्यालय शिक्षा उत्तीर्ण गरेका उम्मेद्वार हुन् भने अमरापुरी स्थित एमाले उम्मेदवार सापकाेटा र रास्वपाका गाैतम स्थानीयसंगकाे निरन्तर सम्पर्कसंगै पहाडका मतमा बढी आशावादी देखिएका छन् ।
पहाडका स्थानीयहरू भने आफ्नो निर्वाचन क्षेत्रका सबै भूभाग सबैलाई उत्तिकै महत्त्वपूर्ण भए पनि विकास निर्माणमा पहाडी क्षेत्र पछि परेकाले हरेक उम्मेदवारकाे प्राथमिकता पहाडनै हुनु पर्ने बताउँछन् ।
जिल्लाकाे उत्तर पश्चिम पाल्ला सिमाना राईका, देखि पूर्व गैडाकाेटकाे ढाेडेनी सम्मकाे कालीगण्डकी उपत्यका तथा महाभारत पर्वत श्रृंखला अन्तरगतका पहाड र बेसीहरू नवलपरासी पूर्वकाे १ र २ नम्बर क्षेत्रमा पर्दछन् ।
त्यसै गरी २ नम्बर क्षेत्रले पहाड मधेस र तराईकाे त्रिबेणी स्थित भारतीय सीमाका बस्ती सम्म छोएको छ ।











प्रतिक्रिया