शान्ति स्थापनाका लागि थाई भिक्षुसहित लुम्बिनीसम्म पैदल यात्रा

1.41k
Shares

रौतहट।

शान्ति, अहिंसा र मानव एकताको सन्देश विश्वभर फैलाउने उद्देश्यसहित थाइल्यान्डका भिक्षुहरूको सहभागितामा भगवान् बुद्धको जन्मस्थल लुम्बिनीसम्म हजारौँ माइलको पैदल महान् धम्म यात्रा सुरु हुने भएको छ । थाइल्यान्डका २२ जना भिक्षुहरू भारतको आसाम र त्रिपुरा हुँदै ‘शान्तिको लागि धम्म यात्रा—भगवान् बुद्ध जन्मस्थल लुम्बिनीसम्म’ भन्ने उद्देश्यका साथ माघ २७ गतेदेखि रौतहटको चन्द्रपुर नगरपालिका–१ स्थित गोल्माराजा बुद्ध बिहारबाट पैदल यात्रामा निस्कने भएका हुन् ।

उक्त यात्रामा थाइल्यान्ड, लाओस, भारत र नेपालका गरी २८ जना सहभागी रहनेछन्। वाट थम्पायल बिहार, थाइल्यान्डका प्रमुख भिक्षु आचान सुफित भन्तेको नेतृत्वमा सुरु हुने यो महान् धम्म यात्रा चन्द्रपुरस्थित गोल्माराजा बुद्ध बिहारबाट प्रस्थान गरी लुम्बिनी–कपिलवस्तुसम्म पुग्नेछ । गोल्माराजा बुद्ध बिहार, चन्द्रपुर–१ का भन्ते मेधकर स्थविरका अनुसार पैदल यात्रीहरू फागुन १० गते भगवान् बुद्धको जन्मस्थल लुम्बिनी पुग्ने कार्यक्रम रहेको सोमबार आयोजित पत्रकार सम्मेलनमा जनाउने भन्ते मेधकर स्थबीरले यात्राको लुम्बिनी पुग्दासम्मको विस्तृत कार्यतालिका सार्वजनिक गरेका छन् । शान्ति, सहअस्तित्व र करुणाको सन्देश प्रवाह गर्ने उद्देश्यले आयोजना गरिएको यस धम्म यात्रामा सहभागी भई अभियानलाई सफल बनाउन आयोजक पक्षले सबैमा आग्रह गरेको छ ।