काठमाडौं ।
ब्रिटिस गोर्खा भूतपूर्व सैनिक सङ्गठन (विगेसो) का सदस्यहरूले शनिवार माइतीघरमा प्रदर्शन गरेका छन्। उनीहरूले सर्वोच्च अदालतले जारी गरेको निर्देशनात्मक आदेश सरकारले तीन वर्षसम्म कार्यान्वयन नगरेको भन्दै विरोध जनाएका हुन्।
सङ्गठनका अध्यक्ष पदमसुन्दर लिम्बुले २०७९ माघ २४ गतेको आदेशलाई सकारात्मक रूपमा लिएकाले यसलाई कार्यान्वयन गर्न प्रदर्शन गरिएको बताए। सहभागीहरूले “सर्वोच्च आदेश कार्यान्वयन गर”, “गोर्खाको पहिचान बेचेर खान पाइँदैन” लगायतका नारासहित प्लेकार्ड प्रदर्शन गरेका थिए।
सङ्गठनले सर्वोच्च अदालतले नेपाली नागरिकलाई अन्य देशको सेना भर्ना हुन रोक्ने सकारात्मक फैसलालाई सरकारले कार्यान्वयन नगरेको भन्दै आक्रोश प्रकट गरेको छ।











प्रतिक्रिया