अप्रत्यक्ष वार्ताकै बीच अमेरिका द्वारा इरानमाथि नयाँ प्रतिबन्ध


तेहरान ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको प्रशासनले इरानको तेल तथा पेट्रोकेमिकल कारोबारसँग सम्बन्धित १५ संस्था, दुई व्यक्ति र १४ जहाजमाथि नयाँ प्रतिबन्ध घोषणा गरेको छ। अमेरिकी विदेश मन्त्रालयले इरानको गैरकानुनी तेल निर्यात रोक्न दबाब रणनीतिअन्तर्गत यो कदम चालिएको जनाएको छ।

यो घोषणा ओमानको मस्कटमा सम्पन्न अमेरिका–इरान अप्रत्यक्ष वार्ताको दिनमै सार्वजनिक भएको हो। इरानी विदेश मन्त्री सैयद अब्बास अराघचीका अनुसार वार्ता केवल आणविक विषयमा केन्द्रित थियो। दुवै देशबीचको गहिरो अविश्वास नै वार्ताको मुख्य चुनौती बनेको उनले बताएका छन्।