वरिष्ठ कलाकार सुनिल थापा अब हामी बिच रहेनन् ?


काठमाडौँ ।

नेपाली चलचित्र उद्योगका वरिष्ठ कलाकार सुनिल थापाको आज बिहान थापाथलीस्थित नर्भिक अस्पतालमा हृदयाघातका कारण निधन भएको छ। कलाकार संघका अध्यक्ष मोहन निरौलाले जानकारी दिएका छन्। शंखमुलस्थित अपार्टमेन्टमा बस्दै आएका थिए।

नेपाली, बलिउड तथा भोजपुरी फिल्महरूमा आफ्नो अभिनयको कारण प्रसिद्ध बनेका थिए। उनी विशेषतः नेगेटिभ / खलनायक भूमिकाहरूमा आफ्नो प्रभावशाली प्रदर्शनका लागि चर्चित थिए।

थापाले नेपाली चलचित्र क्षेत्रका साथै कलाकार समुदायमा ठूलो योगदान पुर्‍याएका थिए र उनको निधनले समस्त फिल्मी जगत र शुभचिन्तकहरूलाई गहिरो शोकमा डुबाएको छ।

उनले सिने जगतमा लामो समयसम्म सक्रिय रहँदै धेरै चर्चित फिल्महरूमा काम गरे र Motion Pictures Award Nepal पनि दुई पटक जितेका थिए।

उनको सम्झनामा मानिसहरूले सामाजिक सञ्जालमा श्रद्धाञ्जली व्यक्त गर्दै “ओम शान्ति” भन्दै शोक व्यक्त गरेका छन्।