झापा ।
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली गृहजिल्ला झापा पुगेका छन्। शुक्रबार उनी हवाइमार्ग हुँदै भद्रपुर विमानस्थल आइपुगेका हुन्। उनलाई भद्रपुर विमानस्थलमा कार्यकर्ता तथा शुभेच्छुकहरूले भव्य स्वागत गरेका थिए।
स्वागत कार्यक्रममा बोल्दै अध्यक्ष ओलीले आफूसँग कोही भिड्न आउँछु भन्छ भने त्यसलाई सधैँ स्वागत गर्ने बताएका छन्। नयाँ पुस्ता राजनीतिमा लाग्छु, सिक्छु भन्ने भावना लिएर अघि बढ्नु सकारात्मक भएको उनको भनाइ छ।
‘नयाँ हाम्रा भाइ, भतिजा, छोराहरूको पुस्ता सिक्छु, राजनीतिमा लाग्छु भन्छ भने त्यसलाई नराम्रो मान्नुपर्ने कुरा छैन,’ उनले भने, ‘युवाहरू निर्वाचनको प्रचारमा लागेका छन्—सूर्यलाई जिताउँ भनेर। सूर्यको जित निश्चित छ। मसँग भिड्न आउँछु भन्नेलाई म स्वागत गर्छु, खुसी लाग्छ।’
अध्यक्ष ओलीले झापालाई ‘सूर्यमय’ बनाउनुपर्ने उल्लेख गर्दै त्यसका लागि सबै जिल्लाबासीलाई योगदान गर्न आग्रहसमेत गरेका छन्।











प्रतिक्रिया