महाशिवरात्री तथा सेना दिवस–२०८२को अवसरमा अन्तर सदस्यीय टेनिस प्रतियोगिता सम्पन्न


काठमाडौं ।

महाशिवरात्री तथा सेना दिवस–२०८२ को अवसरमा नेपाली सेनाको त्रिभुवन आर्मी अफिसर्स क्लबद्वारा आयोजित अन्तर सदस्यीय लन टेनिस प्रतियोगिता सम्पन्न भएको छ। प्रतियोगिता प्रधान सेनापति अशोक राज सिग्देलको प्रमुख आतिथ्यमा सम्पन्न भएको हो।

जङ्गी अड्डामा आयोजित समापन समारोहमा प्रधान सेनापतिले विभिन्न विधामा उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीहरूलाई पुरस्कार वितरण गरे। जङ्गी अड्डा स्थित टेनिस कोर्टमा सञ्चालन भएको प्रतियोगितामा नेपाली सेनाका बहालवाला तथा अवकाश प्राप्त रथीवृन्द र अधिकृतहरू सहभागी भएका थिए। प्रतियोगितामा कुल सात विधामा प्रतिस्पर्धा गरिएको थियो।

समापन समारोहमा बहालवाला तथा अवकाश प्राप्त रथीवृन्द एवं अधिकृतहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।

यी हुन् विजयी भएका खेलाडीहरू :

-भेट्रान युगल (५५–६५) तर्फ: महासेनानी मचिन्द्र थापा र प्रमुख सेनानी जितेन्द्र खड्का (अ.प्रा.

-खुल्ला युगल तर्फ: प्रमुख सेनानी देवबहादुर क्षेत्री (अ.प्रा.) र प्र.से. नकुल थापा

-भेट्रान एकल (५५–६५) तर्फ: महासेनानी प्रदीप बहादुर शाह (अ.प्रा.)

-सुपर भेट्रान एकल (६५–७०) तर्फ: मानार्थ उपरथी प्रकाश सिंह बोगटी (अ.प्रा.)

-भेट्रान एकल (४५–५५) तर्फ: प्रमुख सेनानी अमित सिंह गुरुङ (अ.प्रा.)

-भेट्रान युगल (४५–५५) तर्फ: मानार्थ उपरथी सागर बहादुर के.सी. (अ.प्रा.) र सेनानी सिजर गुरुङ (अ.प्रा.)

-खुल्ला एकल तर्फ: प्रमुख सेनानी अमित सिंह गुरुङ (अ.प्रा.)

प्रतियोगिताले नेपाली सेनाभित्र खेलकुदमार्फत आपसी सद्भाव, स्वास्थ्य प्रवर्द्धन र अनुशासनलाई थप सुदृढ बनाएको आयोजकले जनाएको छ।