रौतहट।
रौतहटको निर्वाचन क्षेत्र नम्बर २ बाट राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार सगिर आलम सवार रहेको एक सवारी साधनको ठक्करबाट चार वर्षीया बालिकाको मृत्यु भएको छ । रौतहट क्षेत्रम्बर–२ अन्तर्गत इशनाथ नगरपालिको–४ मठिया टोलस्थित मस्जिदनजिक खेलिरहेको अवस्थामा रास्वपाको चुनावी प्रचारमा प्रयोग भइरहेको बा १५ च ४२४४ नम्बरको कारले ठक्कर दिँदा चार वर्षीया अल्फा खातुन गम्भीर घाइते भएकी थिइन् ।
ठक्करपछि कार चालकले बालिकालाई उपचारका लागि सिटी अस्पताल पु¥याए पनि त्यहाँबाट फरार भएका थिए । पछि थप उपचारका लागि प्रादेशिक अस्पताल गौरमा उपचारकै क्रममा बालिकाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ ।
घटनापछि कार चालक फरार रहेकाले खोजी कार्य जारी रहेको प्रहरीले जनाएको छ । दुर्घटनामा संलग्न सवारी साधनलाई नियन्त्रणमा लिइएको प्रहरी नायव उपरीक्षक विष्णु प्रदीप वस्यालले जानकारी दिनुभयो ।











प्रतिक्रिया