स्वास्थ्य बिमाका समस्या समाधानबारे प्रधानमन्त्रीले लिए चासो


काठमाडौँ ।

प्रधानमन्त्री सुशीला कार्कीले स्वास्थ्य बिमा कार्यक्रममा देखिएका समस्याप्रति चासो व्यक्त गरेकी छन् । स्वास्थ्य बिमासम्बन्धी समस्या समाधानका लागि प्रधानमन्त्रीले आज बुधबार सरोकारवालासँग छलफल गर्न लागेकी हुन् ।

प्रधानमन्त्रीको सचिवालयका अनुसार प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा दिउँसो १ बजे छलफल तय गरिएको छ । पछिल्लो समय स्वास्थ्य बिमा बोर्डले भुक्तानी नगर्दा केही अस्पतालहरूले बिमामार्फत दिइने सेवा बन्द गरेको बताएका छन् ।