काठमाडौं।
सशस्त्र प्रहरी बल, नेपालको सूचना अधिकारी तथा प्रवक्ताको जिम्मेवारी सशस्त्र प्रहरी नायव महानिरीक्षक (डीआईजी) विष्णु प्रसाद भट्टलाई दिइएको छ।
यसअघि सूचना अधिकारी तथा प्रवक्ताको जिम्मेवारीमा रहनुभएका सशस्त्र प्रहरी नायव महानिरीक्षक मनिष थापा सशस्त्र प्रहरी बल नेपाल नं. १ बराह बाहिनी मुख्यालय, सुनसरीमा सरुवा भएपछि डीआईजी भट्टलाई उक्त जिम्मेवारी प्रदान गरिएको हो।
नवनियुक्त सूचना अधिकारी तथा प्रवक्ता भट्टसँग सम्पर्क गर्न मोबाइल नम्बर ९८५१२७२००७ तथा ईमेल ठेगाना [email protected] प्रयोग गर्न सकिने सशस्त्र प्रहरी बलले जनाएको छ।











प्रतिक्रिया