ख्यातिप्राप्त स्त्रीरोग विशेषज्ञ तथा गीतकार डा. भोला रिजालको शब्दरचनामा राष्ट्रिय भावले ओतप्रोत गीत अन्धकार पन्छाएर सार्वजनिक गरिएको छ। शिव परियारको स्वर र शंकर थापा स्माइलको संगीत रहेको गीत भिडियोसहित सार्वजनिक भएको हो ।

वीरेन्द्र भाट ‘विपिन’को निर्देशन रहेको गीतको भिडियोमा कलाकार रमेश बुढाथोकी, डा. नवीन यादव, विष्णु रोक्का, जयन्त रेग्मी, सुशील श्रेष्ठलगायतले अभिनय गरेका छन्। सरला रिजालको प्रस्तुति रहेको भिडियोमा महेश महाराको छाया“कन र निर्देशक भाटकै सम्पादन रहेको छ।
जेनी–जी क्रान्ति र देशको वर्तमान परिस्थितिका विषयमा तयार पारिएको गीत सशक्त जागरण गीतका रूपमा तयार पारिएको छ। फुटेर होइन, जुटेर अघि बढौं भन्ने धारणाले यो राष्ट्रभावको गीत श्रोता÷दर्शकमाझ ल्याएको डा.रिजालले बताए। गीतले देश विकासमा जुट्न र परिवर्तनका पक्षमा लाग्न सन्देश प्रवाह गरेको छ। वल्र्डकभर मिडियाको पोष्ट प्रोडक्सनमा निर्माण भएको गीतको भिडियो बीआर प्रोडक्सनमार्फत श्रोता÷दर्शकमाझ ल्याइएको हो।
डा. रिजाल शब्द, संगीत र स्वरका त्रिवेणीका रूपमा स्थापित छन्। उनको रचनामा रेकर्डेड (२०२० साल) गीत म मान्दिन“ जात र धर्म कसैको हो भने २०२६ सालमा रेकर्ड भएको मेरो पौवा पाटीमा उनको स्वरको पहिलो रेकर्डेड गीत हो। गीत लेखनमा ६ दशक पूरा गरिसकेका डा. रिलालले हालसम्म ३५ सयभन्दा बढी गीत लेखिसकेका छन् भने उनको स्वरमा ३ सयभन्दा बढी गीत रेकर्ड भइसकेका छन्।
उनका मेरो पौवा पाटी, ईश्वर आफै“ बोल्छ, मेरी सान्नानी, शुभकामना, सगरमाथा रोइरहेछ, सारंगीको तार टुट्यो, यात्रा, पपकर्नलगायतका १३ गीति एल्बम प्रकाशन भइसकेका छन्। उनको मलाई पनि अंग्रेजीमा बोल्न सिकाइदेऊ न, निधारमा रातो माटो शिरमा टोपी राखें, भागेर भए पनि आऊजस्ता दर्जनौं गीत लोकप्रिय छन्।











प्रतिक्रिया