उम्मेदवार गिरी भन्छन् : बाजुरा विकासकै लागि मेरो उम्मेदवारी

काँग्रेसले थाल्यो खप्तडछेडेदहबाट चुनावी प्रचार

3.76k
Shares

बाजुरा ।

नेपाली कांग्रेस बाजुराले सोमबार देखि चुनावी प्रचारप्रसार तीव्र पारेको छ । नेपाली कांग्रेसका उम्मेदवार एबं काँग्रेस केन्द्रीय सदस्य जनकराज गिरी लगायत नेता कार्यकर्ताले बुढिगंगा नगरपािलका १० डुंग्रीतोलाका ८० वर्षीय ज्येष्ठ नागरिक नरे दमाईको हातबाट टीका थापेर घरदैलो अभियान सुरु गरेका हुन् ।


जिल्लामा अरु दलको तुलनामा ढिलो गरी प्रचारप्रसारमा खटिएका काँग्रेस नेता कार्यकर्ताले कार्यक्रममा स्थानीयवासीहरूसँग सोमवार देखि प्रत्यक्ष भेटघाट गर्नथालेका हुन् । उम्मेदवार गिरीले लोकतन्त्र, विकास र जनताको अधिकारका पक्षमा कांग्रेस सधैं उभिने प्रतिबद्धता व्यक्त गर्नुभएकोछ । उनले बाजुराको समग्र विकासका लागि आफूले सदनमा बलियो आवाज उठाउने बताए ।
कांग्रेसले विशेषगरी आफ्नो पक्कड मानिने खप्तडष्ेडेदह गउँपालिकाको वडा नं दुइ काँडावाट सुरु गरेको अभियान जिल्लाका ६९ वटै वडाका घरदैलो पुगेर नागरिक गुनासा सुन्ने र आफ्ना प्रतिवद्धता जाहेर गर्ने काँग्रेस सहसचिव कृष्नराज पाध्यायले बताए ।

बाजुराका विकासवादी नेता भनेर चिनिने जनकराज गिरीले घरदैलो अभियानमा भने  आफु हिजो पनि जनताकै माझ आज र भोलिपनि जनताकै माझ रहनेछु, । विष्गतमा आफ्नो पहलमा साँफे मार्तडी सडक खण्ड , कर्णाली करिडोर, बाजुरुाका दर्जनौं खोलाबाट विद्युत उत्पादन , जिल्लाका हरेक क्षेत्रका टेलिफोन टावर  ,  कामका लागि खान्न कार्यक्रम अन्तर सदरमुकाम मार्तडी र  साविकका ११ गाविसलाइ सडकसञ्जालमा जोड्नमा विशेष योगदान गरेको छु । ।  

त्यस्तै  ¥याप थ्रि कार्यक्रमबाट  त्रिबेणी नगरपालिकालाई  सडकसजालमा जोडेको । लिफ्ट सिंचाई आयोजना , शिक्षा, सवास्थ्य क्षेत्रको विकासका लागि उल्लेखनीय योगदान गर्दे आएको बाजुरेली नागरिकलार्य थाह छ । उनले भने मैले कसैको विरोध गर्नु छैन ।  हिजो पदमा रहँदा र नरहदा निरन्तर बाजुर विकासका लागि लागिपरेको थिएं , अझै अधुरा काम सम्पन्न गरी वाजुरेलीको विकासमा सहयात्ती बन्न निरन्तादिनेछु उम्मेदवार गिरलिे भने ।  २०५६ सालमा बाजुराबाट प्रतिनीधि सभासदस्यमा निवार्चित भएका गिरी भुमिब्यबस्था सहायक मन्त्री बनेका थिए । नेत गिरी  बाजुरेली नागरिकसामु राम्रो छवि भएका नेताकारुपमा चिनिन्छन् । 

आगामी फागुन २१ गते हुने प्रतिनीधि सभासदस्य पदका लागि हुने आम निर्वाचनमा बाजुराबाट विशेषगरी नेपाली काँग्रेसका जनकराज गिरी र नेकपाएमालेका लालवहादुर थापा वीच प्रतिस्पर्धा हुने प्रारम्भिक अनुमान छ । थापा एमालेका केन्द्रीय सदस्य एबं एमाले ओली खेमाको कुसल संगठकका रुपमा चिनिन्छन् ।

यद्येपी नेकपा एमालेबाट विद्रोह गर्दै नेकपा एमालेका पूर्व केन्द्रीय सदस्य प्रकाश शाह पनि नेपाली कम्युनिष्ट पार्टीबाट प्रतिनिधी सभासदस्यका बलियो उम्मेदवार हुन् भने। युवा नेता हेमराज थापा पनि विगत लामो समय देखि सामाजिक अगुवाका रुपमा भ्रष्टाचार मुक्त सुशासनका पक्षमा अभियान चलाउँदै आएका लोकपृय युवानेताहुन् । उनी राष्टिय स्वतन्त्र पार्टीबाट बाजुरामा चुनावी मैदानमा छन् ।

काँग्रेस पुर्व सहमहामन्त्री बर्दीप्रशाद पाण्डे,सबिधासभा सदस्य महाँ नेपालि,पार्टी सभापति रामसिंह रावल,पुर्वपार्टी सभापतिद्धय मानबहादुर रावल,कबिराज पण्डित एक ठाँउमा उभिएर उम्मेदवार गिरिलाई जिताउन एकढिक्का भएर चुनावी प्रचारप्रसारमा खटिएका छन् ।

नागरिकहरूले विकास, सुशासन र समावेशी राजनीतिका लागि जनकराज गिरी उपयुक्त उम्मेदवार भएको धारणा व्यक्त गर्दै आगामी निर्वाचनमा सहयोग र समर्थन रहने विश्वास दिलाएका छन्। लामो राजनीतिक अनुभव र जनमुखी व्यवहारका कारण गिरीप्रति जनताको भरोसा बढ्दो देखिएको छ। नेपाली कांग्रेसले बाजुरामा संगठन सुदृढ गर्दै जनताको घरआँगनमै पुग्ने अभियानलाई थप प्रभावकारी बनाउँदै लगिएको जनाएको छ।

घरदैलो अभियानका क्रममा उम्मेदवार गिरीले भने स्थानीय मतदातासँग प्रत्यक्ष भेटघाट गर्दै उनीहरूका समस्या, आवश्यकता र अपेक्षाहरू ध्यानपूर्वक सुनेको छु । लोकतन्त्रको संरक्षण र जिल्लाको विकास निर्माणलाई प्राथमिकता दिने र रोजगारी सिर्जना तथा जनताको जीवनस्तर उकास्न आफू प्रतिबद्ध छु घरदेलो अभियानका क्रममा उम्ेदवार गिरीले स्पष्ट पारे ।