हायात प्लेस बुटवलमा भ्यालेन्टाइन्स डे विशेष ‘रोमान्टिक एस्केप’ अफर


काठमाडौँ
बुटवलको मुटुमा अवस्थित प्रिमियम होटल हायात प्लेस बुटवलले भ्यालेन्टाइन्स डे (प्रेम दिवस) को अवसरमा प्रेमी–प्रेमिकाका लागि विशेष ‘रोमान्टिक एस्केप’ अफर सार्वजनिक गरेको छ । जोडीबीचको आत्मीयता र सम्बन्धलाई अझ प्रगाढ बनाउने उद्देश्यले ल्याइएको “एन इभिनिङ डेट लिङ्गर्स” नामक विशेष प्याकेज रु. १४,९९९ (नेट) मा उपलब्ध गराइएको होटलले जनाएको छ ।

शान्त वातावरण, स्तरीय आतिथ्य सत्कार र रोमान्टिक अनुभूतिको खोजीमा रहेका जोडीहरूका लागि यो प्याकेज उत्कृष्ट रोजाइ बन्न सक्ने विश्वास लिइएको छ ।

यस विशेष प्याकेजअन्तर्गत जोडीहरूले एक रातको बसाइ, ओछ्यानमै नास्ता (ब्रेकफास्ट इन बेड), विशेष रूपमा सजाइएको रोमान्टिक बुफे डिनर, दुई गिलास स्पार्कलिङ वाइन तथा सट्सको स्वाद लिन सक्नेछन् । साथै, ‘अनवाइन्ड टुगेदर’ अफरअन्तर्गत ६० वा ९० मिनेटको स्पा सेसन बुक गर्दा १५ प्रतिशत विशेष छुटसमेत प्रदान गरिनेछ, जसले जोडीहरूलाई सँगै आराम गर्दै ताजगी महसुस गर्न मद्दत गर्नेछ ।

हायात प्लेस बुटवलमा १०९ वटा फराकिला अतिथि कक्ष उपलब्ध छन्, जहाँबाट हरियाली जंगल र डाँडाकाँडाको मनमोहक दृश्य अवलोकन गर्न सकिन्छ । आधुनिक सुविधा र शान्त वातावरणको उत्कृष्ट संयोजन रहेको यो होटल एकान्तमा समय बिताउन र एक–अर्कासँग नजिकिन चाहने जोडीका लागि उपयुक्त गन्तव्यका रूपमा स्थापित हुँदै गएको छ ।

डिनर डेटका लागि होटलको जिङ बारमा अन्तर्राष्ट्रिय परिकार र स्थानीय स्वाद मिसिएका विशेष ककटेलहरूको चयन उपलब्ध छ । हायात प्लेस बुटवलका हेड सेफ उमेश तामाङका अनुसार, भ्यालेन्टाइन्स डे लाई लक्षित गरी विशेष मेनु तयार गरिएको छ, जहाँ जिङ रेस्टुरेन्टको सांस्कृतिक र आकर्षक सजावटबीच परिकारको स्वाद लिँदा जोडीहरूले एक–अर्कासँगको सामीप्यता अझ गहिरो रूपमा महसुस गर्न सक्नेछन् ।

होटल बाहिर पनि बुटवलको प्राकृतिक र सांस्कृतिक सौन्दर्यले जोडीहरूलाई आकर्षित गर्नेछ । मणिमुकुन्द सेन पार्कको शान्त वातावरण, जितगढी किल्लाबाट देखिने मनोरम दृश्य, सिद्धबाबा मन्दिरको आध्यात्मिक शान्ति तथा तिनाउ नदी किनारको रमणीय परिवेशले बुटवललाई रोमान्टिक गन्तव्यका रूपमा चिनाएको छ। वरपरका पार्क, शान्त गोरेटो र खुला वातावरणले यहाँको अनुभवलाई अझ आत्मीय बनाउने होटलको विश्वास छ ।

हायात प्लेस बुटवलले शैली, नवीनता र चौबीसै घण्टा उपलब्ध सुविधाको संयोजनमार्फत आधुनिक तथा व्यस्त यात्रुलाई सहज अनुभव प्रदान गर्दै आएको छ । होटलमा सुत्न, काम गर्न र रमाइलो गर्न छुट्टाछुट्टै स्थानसहितका फराकिला अतिथि कक्ष, २४÷७ मार्केट, अत्याधुनिक फिटनेस सेन्टर, बाहिरी पौडी पोखरी तथा विवाह र माइस (मिटिङ, इन्सेन्टिभ, कन्फरेन्स र एक्जिबिसन) कार्यक्रमका लागि उपयुक्त ब्यांक्वेट सुविधाहरू उपलब्ध छन्। होटल व्यवस्थापनले यस भ्यालेन्टाइन्स डे मा हायात प्लेस बुटवलले प्रेम, सम्बन्ध र आत्मीयताको अविस्मरणीय अनुभूति प्रदान गर्ने जनाएको छ ।