ललितपुर-२ का मतदाता भन्छन्- ‘मुलुक संकटमा पर्दा बोल्ने पार्टीका नेतालाई नै मतदान गर्नेछौं’


ललितपुर ।

 ललितपुर क्षेत्र नं २ का मतदाताले गत भदौ २३ र २४ गते मुलुकमा परेको संकटलाई मध्यनजर गरी सो बेला ‘हामीहरु छौँ है’ भनी बोल्ने पार्टी र सोका उम्मेदवारलाईनै मतदान गर्ने निर्णय गरेका छन् ।

सो पार्टीका शिर्ष नेताहरुले तत्कालीन समयमा आफ्ना आवाज उठाइ ‘हाम्रो मुलुकमा क्षति पु¥याउने को हो । हामी देशवासी दाजुभाइ दिदीबहिनीलाई जुधाउन खोज्ने को हो । ल तत्कालै बाहिर आऊ । आफ्ना कुरा राख ।’ भनी विभिन्न मिडियाबाट उद्घोष गरेकाले मुलुकका सच्चा नेता र पार्टी भनेको केवल एमाले रहेको जिकिर गर्दै उक्त कुरा भनेका हुन् ।

 सो क्षेत्र अन्गर्तत इमाडोल वडा नं ३ निवासी राइक महर्जनले “हामी यस पटक हाम्रोलाई होइन राम्रोलाई मत दिनेछौँ । मुलुक संकटमा पर्दा एमाले पार्टीका नेताले ‘हामी छौँ’ भनी पटक पटक सम्बोधन गर्नुभयो । त्यसैले यसपटकको मत सूर्यनारायणलाईनै जानेछ ।”

यसैगरी अर्का व्यक्ति सुदिन थापाका अनुसार उहाँका बुढा बाबुले समेत आफूहरुलाई ‘जो उम्मेदवार नजिक छ । जसलाई तत्कालै समस्या पर्दा सम्पर्क गर्न सकिन्छ उसैलाई मतदान गर्न’ सुझाव दिनुभएकाले प्रेम बहादुर महर्जन र सूर्य चिन्हमा मतदान गर्ने सुनाउनुभयो । 

त्यसैगरी सो क्षेत्रका ७१ वर्षीया रमा मगरले पनि महर्जनले सबैमा सम्मान व्यवहार गर्ने र सदैव हसिलो अनुहारमा बोल्दै हिड्ने भएकाले उहाँनै उपयुक्त व्यक्ति चयन गरिसकेको भनाइ राख्नुभयो । 

अर्का ५३ वर्षीया उमा घिमिरेले सो क्षेत्रका संघसंस्था, जात्रा, पर्व, व्यवसाय, चालचलनका बारेमा महर्जन जति अरु उम्मेदवार नजिक नरहेको सुनाउँदै उहाँलाईनै सहयोग गर्ने वचनवद्धता गर्नुभएको छ । 

आगामी फागुन २१ गते हुने निर्वाचनमा सूर्य चिन्हमा मतदान गर्न आवहान गर्दै महर्जन सो क्षेत्रका व्यक्तिका घर घरमा पुग्ने आजभोली व्यक्त हुनुहुन्छ । 

उक्त क्षेत्रका सडक, टोल, पसल, कार्यालय आदि स्थानमा पुगी महर्जनले आफूलाई सो पटक विजयी गराउन अपिल गरिरहनुभएको छ । 

महर्जनलाई अग्रीम विजयको कामना गरी सो क्षेत्रका जनताले खादामाला र टिका लगाइदिनु भइरहेको छ । 

विगतको निर्वाचनमा महर्जनले सो क्षेत्रबाट कूल १५ हजार २५ मत प्राप्त गरी विजयी हुनुभएको थियो ।