गायक तथा संगीतकार टंक बुढाथोकीले बा–आमा नामक नया“ फिल्म निर्माण गर्ने भएका छन्। यसअघि उनले पहिलो फिल्मका रुपमा मनबिनाको धन निर्देशन निर्माण गरेका थिए।
बा–आमामा पनि बालगायक अशोक दर्जी र टंकका छोरा एआर बुढाथोकी पुनः देखिने भएका छन्। टंककै कथामा निर्माण हुने फिल्मका लागि पटकथा र संवाद शिवम् अधिकारीले तयार पारेका छन्। फिल्मको छाया“कन आगामी वैशाखदेखि सुरु गर्ने योजना छ। फिल्मको कथा टंक बुढाथोकीकै लोकप्रिय गीत बा–आमाबाट प्रेरित हुनेछ।
पहिलो फिल्मलाई दर्शकले राम्रो प्रतिक्रिया दिएको उल्लेख गर्दै उनले त्यसमा देखिएका कमी–कमजोरी सुधारेर अझ राम्रो फिल्म निर्माण गर्ने लक्ष्य रहेको बताए।
करिब ५ वर्षअघि सार्वजनिक टंकको हिट गीत बा–आमाकै शीर्षकमा फिल्म निर्माण हुन लागेको हो। यसअघि पनि उनले आप्mनो सुपरहिट गीत मनबिनाको धनको शीर्षकबाट फिल्म निर्माण गरेका थिए। टंक बुढाथोकी प्रोडक्सनको ब्यानरमा निर्माण हुने फिल्म विष्णुमाया मैनालीले निर्माण गर्नेछिन्।











प्रतिक्रिया