एजेन्सी
यस सिजनको यूईएफए च्याम्पियन्स लिगमा इंग्लिस प्रिमियर लिगको वर्चश्व देखिएको छ । च्याम्पियन्स लिगको नकआउट चरणमा पुगेको ८ टोलीमध्ये ५ टोली प्रिमियर लिगका छन् ।
नयाँ फरम्याटअनुसार समूह चरणमा शीर्ष ८ मा रहने टोलीहरू नकआउट चरणमा सीधै प्रवेश गर्ने प्रावधान रहेको छ । जसअनुसार प्रिमियर लिगको टोली आर्सेनल शीर्ष स्थानमा रहेको छ । अन्य ४ प्रिमियर लिगका टोलीहरूमा लिभरपुल (तेस्रो), टोटनहाम (चौथोे), चेल्सी (छैटोे) र म्यानचेस्टर सिटी (आठौं) हुन् ।
प्रिमियर लिगका अन्य टोलीहरू पनि नकआउट चरणमा पुग्ने संभावनामा छ । च्याम्पियन्स लिगको नयाँ फरम्याटअनुसार नवौंदेखि २४ औं स्थानसम्म रहने टोलीहरूले प्लेअफ खेल्नेछन् । यो प्लेअफका दुई लेगमा नतिजा निकालेर ८ टोलीहरू अन्तिम १६ मा प्रवेश गर्नेछन् ।
सोअनुसार न्युक्यासल यूनाइटेडले प्लेअफ खेल्नेछ यदि, दुबै लेगमा सकारात्मक नतिजा निकालेमा नकआउट चरणमा प्रिमियर लिगका ६ टोलीहरू हुनेछन् । यदि, यस्तो भएमा च्याम्पियन्स लिगको इतिहासमा प्रिमियर लिगका ६ टोलीहरूले पहिलोपटक नकआउट चरणमा खेल्ने छन् । न्युक्यासल समूह चरणमा १२ औं स्थानमा छ ।
छनोट भएका अन्य तीन टोली
यस सिजनको च्याम्पियन्स लिगको नकआउट चरणमा पुग्ने अन्य तीन टोलीमा बायर्न म्युनिक, बार्सिलोना र स्पोर्टिङ सीपी हुन् । जर्मन बुन्डेसलिगाको टोली बायर्न आर्सेनलपछि दोस्रो स्थानमा रह्यो भने स्पेनी ला लिगा टोली बार्सिलोना पाँचौं स्थानमा रह्यो । पोर्चुगलको टोली स्पोर्टिङ भने सातौं स्थानमा रहेर सीधै नकआउट चरणमा पुग्न सफल भएको हो ।
रियल प्लेअफमा
स्पेनी ला लिगाको चर्चित टोलीमध्ये एक रियल मेड्रिडले भने प्लेअफ खेल्नु पर्ने भएको छ । पोर्चुगिज टोली बेनफिकासँग ४–२ ले पराजित भएसँगैं रियल शीर्ष ८ मा रहन असफल भएको थियो । रियल एक अंकले नकआउट चरणमा पुग्नबाट वंचित भएको थियो । गत सिजनका फाइनलिस्ट दुई टोलीहरू पेरिस सेन्ट जर्मेन र इन्टर मिलानले पनि प्लेअफ खेल्नु परेको छ ।
नकआउट चरणमा पुग्ने टोलीहरू : (१ देखि आठौं स्थान)
आर्सेनल, बायर्न म्युनिक, लिभरपुल, टोटनहाम, बार्सिलोना, चेल्सी, स्पोर्टिङ र म्यानचेस्टर सिटी
प्लेअफ खेल्न वरीयता प्राप्त टोलीहरू (नवौंदेखि १६औं स्थान )
रियल मेड्रिड, इन्टर मिलान, पेरिस सेन्ट जर्मेन, न्युक्यासल, युभेन्टस, एटलेटिको मेड्रिड, एटलान्टा र बायर लेभरकुसेन ।
प्लेअफ खेल्ने वरीयताविहीन टोलीहरू (१७ औं देखि २४औं स्थान )
बोरुसिया डर्टमन्ड, ओलम्पियाकोस, क्लब ब्रग, गालाटासारे, मोनाको, काराबाग, बोडो÷ग्लिम्ट र बेनफिका ।
च्याम्पियन्स लिग प्लेअफ ड्र
बेन्फिकाविरुद्ध रियल मेड्रिड
बोडा÷ग्लीमटविरुद्ध इन्टर मिलान
एएस मोनाकोविरुद्ध पेरिस सेन्ट जर्मेन
काराबागविरुद्ध न्युक्यासल यूनाइटेड
क्लब ब्रगविरुद्ध एट्लेटिको मेड्रिड
एटलान्टाविरुद्ध बोरुसिया डर्टमण्ड
ओलम्पियाकोसविरुद्ध बायर लेभेरकुसेन
खेलको मिति
पहिलो लेग फेबु्रवरी १७–१८
दोस्रो लेग फेबु्रवरी २४–२५











प्रतिक्रिया