बैतडी ।
आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि बैतडीमा १ हजार ४४२ जना जनशक्ति खटाइने भएको छ । जिल्ला निर्वाचन कार्यालय बैतडीका अनुसार जिल्लाका २१४ मतदान केन्द्रमा जनशक्ति परिचालन गरिने छ ।
निर्वाचनका लागि सरकारी कार्यालयबाट जनशक्तिको विवरण संकलन भइरहेको र विवरण प्राप्त भएपछि मतदान केन्द्रको जिम्मेवारी तोकिने निर्वाचन कार्यालयले जनाएको छ ।
एक मात्र निर्वाचन क्षेत्र रहेको बैतडीमा ११ जना उम्मेदवार चुनावी प्रतिस्पर्धामा छन् । जिल्लामा कुल १ लाख ५६ हजार ३७२ मतदाता रहेका छन् । तीमध्ये ७८ हजार ९८७ पुरुष, ७७ हजार ३८३ महिला र दुई जना अन्य मतदाता छन् । सुरक्षा दृष्टिले जिल्लाका ३३ मतदानस्थललाई अतिसंवेदनशील सूचीमा राखिएको छ ।











प्रतिक्रिया