निर्वाचन भयरहित बनाउन सञ्चारमाध्यमको भूमिका महत्वपूर्ण : उपराष्ट्रपति यादव


काठमाडौँ ।

उपराष्ट्रपति रामसहायप्रसाद यादवले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचन स्वतन्त्र, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न हुनुपर्ने बताएका छन् । शनिबार सिंहदरबारमा आयोजित कार्यक्रममा उनले यस्तो बताएका हुन् ।

उपराष्ट्रपति यादवले मतदाताले निर्भीक रूपमा मतदान गर्न पाउने वातावरण संघीय लोकतान्त्रिक गणतन्त्रको आधार भएको उल्लेख गर्दै यसका लागि सञ्चारमाध्यमको भूमिका महत्वपूर्ण रहेको बताए । उनले निर्वाचनसम्बन्धी सही सूचना प्रवाह, मतदाताको सचेतना अभिवृद्धि र शान्तिपूर्ण वातावरण निर्माणमा सञ्चारमाध्यमले योगदान दिनुपर्नेमा जोड दिए ।

साथै, पत्रकारिताले समावेशिता, समान अवसर र सबैको आवाज प्रतिनिधित्व गर्नुपर्ने भन्दै सत्य, निष्पक्षता र जनमुखी दृष्टिकोण आत्मसात गर्दै राष्ट्र निर्माणमा योगदान गर्न आग्रह गरे ।