काठमाडौं ।
रास्वपाका वरिष्ठ नेता तथा काठमाडौँका पूर्वमेयर बालेन शाहको मण्डिखाटारस्थित घरमा चोरी भएको छ। बालेन र उनकी पत्नी घर बाहिर रहेको समयमा चोरहरूले पर्खाल नाघेर घरभित्र प्रवेश गरी चोरी गरेका हुन्।
शुक्रबार साँझ घर पुग्दा मूल ढोका फोडिएको र सामान तितरबितर अवस्थामा भेटिएपछि प्रहरीलाई जानकारी गराइएको थियो। प्रहरीका अनुसार सिसीटिभी क्यामेरा, डिभिआर मेसिन तथा बाथरुम र भान्साका धाराका टुटीहरू चोरी भएका छन्।
घटनाको अनुसन्धानका लागि विशेष टोली खटाइएको र यो पेशेवर चोर समूहको काम हुनसक्ने प्रारम्भिक अनुमान गरिएको छ।











प्रतिक्रिया