हिउँको घुम्टोले टल्किएको बाजुरा

940
Shares

बाजुरा ।

हिजोआज बाजुराका डाँडाकाँड हिउँले ढपक्क ढाकिएका छन्। मंगलवार राति देखि बाजुराका उच्च भुभागमा वर्षा सहित हिमपात भएपछि बाजुराका डाँडाकाँडा सेताम्य भएका हुन्। माघको दोस्रो साता देखि यो वर्ष पहिलो पटक हिमपात भएको हो । जिल्ला सदरमुकाम मार्तडी आसपास वडिमालिका नगरपालिका डुङ्ग्री, झाल्स्या ढम्कने , रजातोली जिल्ली, रजाली , मना, कोर्ध र स्याउलेकाँध लगायत सदरमुकाम मार्तडी बजारदेखि चारैतिर सेताम्य भएको देष्य देखिएका छन् । हिउँसंगैं कठ्याङ्ग्रीदो जाडोमा हिउँखेन्ल पोरखेगढी र खलाडिल क्षेत्रमा हिउँ चिप्लेटीखेल्नेक्रम जारी छ ।


बाजुरा भौगालिक दृष्टीले दुई खण्डामा विभिाजित छ । सदरमुकाम मार्तडी देखिको उत्तरपूर्वी साविकका ११ गाविस हालको बुढिनन्दा नगरपािलका सहित चारवटा पालिका पोरखैगढी परिपट्टी पर्छन् । माघको मध्यतिर परेको हिउँसंगै चुनावको सरगर्मी वढेको छ । विभिन्न दलका उम्मेदवार नेताकार्यकर्ताहरु हिउँखेल्दै पोरखेलेक लाङ्गना काटेर पुर्वी उत्तरी भाग कुण्डाक्षेत्रमा छन्। करिव पाँच हजार फिट उचाईमा रहेको पोरखेगढीमा चार फिट हिउँ जमेको छ । हिउँ छिचोल्दै चुनावी कार्यक्रम लिएर उम्मेदवारहरु गाउँगाउँ पसेका दृष्यले मन हर्षित भएको बुढिनन्दा नगरपालिका वडा नं ९का वडाध्यक्ष एबं पोरखेकाँध निवासी मानवहादुर रावतले भने ।

वर्षामा हजारौं प्रजातिका बोटविरुवा र फुलैफुलले सजिने बडिमालिका मन्दीर देखि त्रिबेणी धाम लगायत २२ पाटन क्षेत्र मंगलवार देखि हिउँको घुम्टोले सजिएको छ। त्यस्तै खप्तड ,बुढिनन्दा, रानीसैन यहाँका धार्मिक प्रयटकीय क्षेत्र हुन् । वर्षामा फुलैफुले सजिने र हिउँदमा हिउँले बाजुरा प्राकृतिकरुपमा अत्यन्त सुन्दर देखिएको छ ।

यो हिउँदे वर्षाले प्रकृति मात्र रमाएको छैन । किषनलाई अचुक राहात भएको छ । बाजुराको अधिकांश कृषी क्षेत्र आकासे पानीको भरमा छ । माघको दोस्रो साता हिमपात भएपछि सुक्न थालेको हिउँदेवाली पलाउने भएको छ । सुख्खा खेतवारीमा हरियाली छाउने भएपछि किसानहरु हर्षित छन् । खेतवारीमा हिउँपात भएपछि किरा फटेङ्ग्र्र्रा विषाधी किटाणु मर्ने भएकाले बालि सर्पिने बढिमालिका सात ढम्कनेका कृषक धनलाल रोकायाले बताए ।

बाजुराको स्याउजोनका रुपमा चिनिएको बुढिनन्दा नगरपालिकाको पाण्डुससैन क्षेत्र र स्वामिकार्तिक खापरगाउँ पालिकाको जुकोट ,जोरु बर्कुको स्याबारीमा टन्न हिमपात भएपछि यो वर्ष स्वाउ राम्रो फल्ने जुकोटका तुला रोकायाको भनार्य छ । भरखर रोपेका विरुवा हुर्कन सहज हुने र पुराना स्याउ बोटलाई मलजल पुग्ने विस्वास जुकुका हिक्मत बुढाको बुझाई छ ।

यता हिमपातका कारण सदरमुकाम मार्तडीबाट उत्तरपूर्वी क्षेत्रमा पर्ने पोरखेकाँधमा भारि हिउँपरिरहेको कारण जिल्लाबाट सवारीसाधान आवागमन रोकिएको छ । ढम्कने पाण्डुसैन, बाम, जुकोट ,र लाम्पाटा लागायतका उच्च भुभागमा घरआँगन भरि हिउँले छोपेपछि गाईबस्तुहरु गोठबाट वाहिर निकाल्न असहज भएको बामका बयलाल रोकायाको भनाई छ । हिमपातले खुशी पनि वनाएको र गाइवस्तुलाय खरपात गनृ अप्ठेरो भएको छ यो नियमित प्रक्रिया हो उनले भने ।

माघको दोस्रो साताबाट जिल्लाभरि हिमपात भैरहेको छ । चिसोले जिल्लाको जनजीवन सामान्य प्रभावित भएको छ । जिल्लाका नौवटै उच्च भुुभागमा हिउँ पेरकाले सेताम्य वाजुरा हिउँको घुम्टोमा सजिएको दृष्यले बाजुरावाषीलाई हर्षित बनाएको छ । यता जल तथा मौसम विज्ञान विभागले पनि सुदूरपश्चिम प्रदेशका पहाडी तथा हिमाली भूभागमा बर्षासहित हिमपात भइरहेको भन्दै उच्च सर्तकता अपनाउन आग्रह गरेको छ ।