समृद्धि फाइनान्सको २४ वार्षिकसाधारण सभा सम्पन्न


काठमाडौँ
समृद्धि फाइनान्सले आफ्नो २४ औं वार्षिकोत्सव उत्साहजनक मनाएको छ । बुधबार होटेल एभोकाडो हेटौडामा सम्पन्नभएको साधारण सभामा अध्यक्ष अजयकुमार मिश्रले सञ्चालक समितिको प्रतिवेदन पेश गर्नु भएको थियो ।

प्रमुखकार्यकारी अधिकृत सन्तोषकुमार घिमिरेले स्वागतमन्तव्य राख्नु हुँदै संस्थाले हालसम्म गरेका कार्यहरु एवं वित्तीयअवस्थाको जानकारी गराउनु भएको थियो । साधारण सभामा आर्थिक वर्ष २०८१÷८२ को वार्षिक विवरण, लेखापरीक्षकको प्रतिवेदनसहितको विवरण स्वीकृतिको लागि पेश गरिएकोमा सर्वसम्मतिले पारित भएको छ ।

त्यसैगरी वार्षिक साधारण सभाले पोखरा फाइनान्ससँगको मर्जर प्रक्रियालाई सर्वसम्मतिले पारित गर्दै बाँकी कार्यको लागि अख्तियारी सञ्चालक समितिलाई प्रत्यायोजन गरेको छ । आर्थिक वर्ष २०८२÷८३ को बाह्य लेखापरीक्षकमा आरएसएमएएसोसियट्सलाई नियुक्ति गर्नेसमेत सर्वसम्मत निर्णय गरेको छ ।