लमजुङमा २४३ वैकल्पिक निर्वाचन प्रहरी छनौट  

1.88k
Shares

लमजुङ। 

आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि लमजुङबाट दुई सय बढी वैकल्पिक निर्वाचन प्रहरी छनौट भएका छन् । निर्वाचन प्रहरी छनौट समितिले सार्वजनिक गरेको नतिजा अनुसार दुई सय ४३ निर्वाचन प्रहरी छनौट भएका छन् ।  

समितिका अनुसार नेपाल प्रहरी तर्फ दुई सय ३५ र सशस्त्र प्रहरी तर्फ आठ जना गरी दुई सय ४३ निर्वाचन प्रहरी छनौट भएका हुन् । यस बाहेक जिल्लाको आवश्यकता अनुसार नेपाल प्रहरी एक हजार दुई सय १० र सशस्त्र प्रहरी ९६ गरी एक हजार तिन सय ६ जना पनि निर्वाचन प्रहरीको रुपमा छनौट भएका छन् । 

गृह मन्त्रालयको परिपत्र अनुसार केही जिल्लामा माग अनुसार आवेदन नपरेपछि दुईपटक म्याद थप गरी प्रक्रिया सम्पन्न गरिएको थियो । पहिलो म्याद भित्रका आवेदनका आधारमा छनोट भएको र त्यसपछि थप दुई दिनका लागि दिइएका आवेदनमा पनि छनोट प्रक्रिया सम्पन्न भएको थियो।

छनौट समितिका अनुसार आवश्यकताभन्दा बढी छनौट भएका वैकल्पिक निर्वाचन प्रहरीहरूलाई आवश्यकता अनुसार छिमेकी जिल्लामा पठाइने तयारी भइरहेको छ । समितिले इच्छुक वैकल्पिक प्रहरीहरूलाई सम्पर्कमा आउन आग्रह समेत गरेको छ ।