काठमाडौँ।
काठमाडौं उपत्यकामा चिसो बढेसँगै जनजीवन प्रभावित भएको छ। ललितपुरस्थित बालकुमारी आधारभूत विद्यालय, सैंबुका विद्यार्थीहरू कक्षा सञ्चालन हुनुअघि टिपिन टाइममा आगो ताप्दै बसेका छन्। जाडो बिदा सकिएर गत ८ गतेदेखि विद्यालय खुले पनि हल्का वर्षा र चिसो सिरेटोका कारण विद्यार्थीहरू अत्यधिक जाडोबाट प्रभावित भएका छन्। चिसोको प्रभाव कम गर्न विद्यालय परिसरमा आगो बालेर विद्यार्थीलाई बस्ने व्यवस्था गरिएको प्रधानाध्यापक सुरेन्द्रराज पौडेलले बताए।
तस्बिर :सूर्य प्रसाद अर्याल

















प्रतिक्रिया