सानिमा बैंकका सीईओद्वारा पदभार ग्रहण


काठमाडौं ।

सानिमा बैंकका नवनियुक्त प्रमुख कार्यकारी अधिकृत (सीईओ) पवनकुमार आचार्यले पदभार ग्रहण गर्नुभएको छ । सानिमा बैंकको सञ्चालक समितिको गत कात्तिक २४ गते बसेको बैठकले आचार्यलाई नियुक्त गरिएको हो ।

बैंकमा २१ वर्षदेखि संलग्न आचार्य यसअघि वरिष्ठ नायब प्रमुख कार्यकारी अधिकृतको रूपमा कार्यरत हुनुहन्थ्यो । आचार्यले संयुक्त राज्य अमेरिकाको पिट्सबर्ग स्टेट युनिभर्सिटीबाट स्नातकोत्तर उपाधि तथा भारतको एनआइआइटी, बेंग्लोरबाट इन्जिनियरिङमा स्नातक डिग्री हासिल गर्नुभएको छ ।

बैंकिङ क्षेत्रबाहेक आचार्यसँग इन्जिनियरका रूपमा चार वर्षभन्दा बढीको व्यावसायिक अनुभव रहेको छ ।