कृषि ज्ञानकेन्द्र बझाङकाे सुदूरपश्चिममै पहिलो प्रयास,पालिकामै गएर कार्यक्रम सम्झाैता गर्ने अभियान

6.86k
Shares

“कार्यक्रम बारे पारदर्शिता र समन्वय सहकार्य ,पृष्टपाेषण साथै लाभग्राहिलाई खर्चमा मितबेईता र कार्यक्रम दाेहाेराेपना नहुनका लागि पालिकामै सम्झाैता अभियान चलाएकाे”

बझाङ ।

आ व ८२/८३ मा कृषि ज्ञान केन्द्र बझाङ बाट प्रकाशित सुचना अनुसार “स्थानीय तह पकेट बिकास कार्यक्रम”मा छनाैट भएका लाभग्राहिहरूसंग स्थानीय तहमै गएर सम्झाैता गरिरहेका छन् ।

साथै यस आ मा संचालन गरिने कार्यक्रम बारे स्थानीय तहका जनप्रतिनिधि सराेकारवाला र किसान संग प्रत्येक्ष अन्तरक्रिया कार्यक्रम गरिएकाे कृषि ज्ञान केन्द्र बझाङका प्रमुख जनक बहादुर सिंहले बताए । उनले भने कार्यक्रम बारे पारदर्शिता र समन्वय सहकार्य ,पृष्टपाेषण साथै लाभग्राहिलाई खर्चमा मितबेईता र कार्यक्रम दाेहाेराेपना नहुनका लागि पालिकामै सम्झाैता अभियान चलाएकाे बताए ।


जिल्लाकाे विभिन्न दुर्गम ठाउँ बाट जिल्लामा सम्झाैता गर्न आउँदा गाडीभाडा खान बस्न बढि खर्चिलाे हुने भयकाले
पालिकामै सम्झाैता गरेर हाे ।

हामी एक दमै खुसी भएका छाैं खप्तडछान्ना गाउँपालिका वडा नं ५ का अगुवा कृषक प्रकाश खत्री ले बताए । उनले भने चैनपुर गएर सम्झाैता गर्न गाडी भाडा,खान बस्न गरेर हाम्रो चार पाँच हजार खर्च हुन्थ्याे । अब पालिकामै सम्झौता गरेर हामी किसान लाई राहत भएकाे छ ।

पालिकामै गएर सम्झाैता गर्ने कार्य अहिलेसम्म कै नयाँ अभ्यास रहेकाे छ । त्यहाँका सहि आवश्यकता र समस्या प्रत्यक्ष रहने भएकाे छ । जनप्रतिनिधि लाई पनि जानकारी हुने भई कार्यसम्पादनमा सहज हुने भएकाे छ । कार्यक्रममा भुक्तानी प्रकृया बारे पनि जानकारी गराएकाे थियाे ।

अहिले सम्म “स्थानीय तह पकेट बिकास कार्यक्रम “१२ पालिकामा ४६२ जना किसान लाभान्वित हुने छन् ।
कार्यालय बाट संचालन हुने सबै कार्यक्रम स्थानीय तहमै गएर सम्झाैता गर्ने कृषि ज्ञान केन्द्र बझाङले जनाएकाे छ ।

पालिकामै गएर कार्यक्रमकाे सम्झाैता गर्ने काम सुरू भए पछि जिल्लाका कृषकहरू उत्साहित भएका छन् भने कार्यालयकाे सेवा प्रवाह जनमुखी र पारदर्शिता गरेकाे भन्दै अहिले विभिन्न समुदाय र ठाउँमा कृषि ज्ञानकेन्दकाे चर्चा चलिरहेकाे छ ।