मतदाताको शिर निहुरिने कुनै पनि काम गरिन –नेता लिङ्देन


भद्रपुर। 

राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्रप्रसाद लिङ्देनले मतदाताको शिर निहुरिने कुनै पनि काम नगरेको दाबी गर्नुभयो  । झापा क्षेत्र नम्बर ३ बाट प्रतिनिधि सभा सदस्यका उम्मेदवार समेत रहनुभएका नेता लिङ्देनले यस्तो बताउनुभएको हो ।  

मतदाताले आवश्यक ठानेर विजयी गराउनेमा ढुक्क रहेको उहाँको भनाइ थियो । उम्मेदवार र पार्टीको अध्यक्ष भएको हैसयितले जुनसुकै क्षेत्रमा सार्वजनिक वहस गर्न तयार रहेको समेत उहाँले बताउनुभयो ।   

जेन्जी विद्रोह ०८४ को निर्वाचन ०८२ मा गर्ने उद्देश्य नभई देशमा व्याप्त भएको भ्रष्ट्राचार र बेथितिको विरुद्ध भएको उहाँको भनाइ थियो । जेन्जी आन्दोलनलाइ अपहरण गरी संसद  विघटन गरेर निर्वाचनको मिति तोकेको उल्लेख गर्नुभयो । चुनाव गरेर मात्र देश नबन्ने उहाँको भनाइ थियो । देश बनाउनका लागि सवै राष्ट्रिय शक्ति एक ठाउँमा बसेर नयाँ सहमतीबाट नमिलेका कुराहरु मिलाएर नविन सम्झौता गरी  अनिमात्र निर्वाचनमा जानु पर्ने उहाँको धारणा थियो । सरकारले सहमती भन्दापनि जवरजस्ताी चुनाव गराउने निर्णय गरेपछि भाग लिनु प्रजातान्त्रीक विधि भएको उहाँले बताउनुभयो । सरकार सञ्चालनमा देखिएका अनियमितता एक्लै भएर पनि विरोध गरेर रोक्न सफल भएको उहाँले बताउनुभयो  ।

संसद कार्यकारी पद नभएपनि जनताको अपेक्षा भने सवैथोक नेता नै हो भन्ने बुझाइ रहेको उहाँको भनाइ थियो । साँसद भएको आठ वर्षको अवधिमा निर्वाचन क्षेत्रमा डुवान,शिक्षा, सिंचाई, खानेपानी,सडक लगायतका भौतिक पूर्वाधारमा जनताले सोचेको भन्दा वढी काम गरेको ठोकुवा गर्नुभयो । 

भौतिक पूर्वाधार पूरा भएपनि स्वदेशमा वसेर गरीखाने बाटो भएन भने विकासको कुनै अर्थ नराख्ने समेत उहाँको बुझाइ थियो । 

क्षेत्र नम्बर ३ मा विगत पन्ध्र वर्ष यतावाट बन्द भएको एसियाकै दोस्रो मोमेन्टो एपरेल्स(गार्भेण्ट) उद्योगलाइ पुनः सञ्चालनमा ल्याउन फायल अघि वढाइसकिएको उहाँले सुनाउनुभयो ।

 पार्टीसँग गठबन्धन भन्दा पनि मतदातासँग गठबन्धन गर्न उपयुक्त ठानेर यो पटक १६५ निर्वाचन क्षेत्रमा छुट्टै उम्मेदवार उठाएको उहाँले जनाउनुभयो । यो पटकको निर्वाचनले राप्रपा देशको निर्णायक बन्ने उहाँले दाबी गर्नुभयो ।

 विगतमा लिङ्देनलाई कडा टक्कर दिने काँङ्ग्रेसका सिटौला यसपटक चुनावी मैदानमा नदेखिएपछि लिङदेन ‘ह्याट्रिक’ गर्ने ‘तानाबाना’ बुन्नमा व्यस्त हुनुहुन्छ । लगातार दुईपटक (२०७४ र २०७९ मा) सिटौलालाई चुनाव हराएर  लिङदेनले यो क्षेत्रलाई आफ्नो पकड बनाएकोमा ढुक्क हुनुहुन्छ ।