सिमरा ।
नेपाली कांग्रेसका सभापति गगन थापालाई सिमरा विमानस्थलमा भव्य स्वागत गरिएको छ।
आज सिमरा पुगेका सभापति थापालाई कांग्रेसका केन्द्रीय तथा स्थानीय नेताकार्यकर्ता, भातृ संगठनका प्रतिनिधि र समर्थकहरूले फूलमाला, ब्यानर र नाराबाजीसहित स्वागत गरेका हुन्। स्वागतका क्रममा विमानस्थल परिसर कांग्रेस समर्थकले भरिएको थियो।
नेताकार्यकर्तालाई सम्बोधन गर्दै सभापति थापाले पार्टीलाई थप सुदृढ बनाउँदै संगठन विस्तार र जनतासँग प्रत्यक्ष संवादलाई प्राथमिकता दिने बताएका छन्। उनले देशमा सुशासन, आर्थिक सुधार र युवामैत्री नीतिलाई कांग्रेसको मुख्य एजेन्डा बनाइने पनि उल्लेख गरे।
सभापति थापाको सिमरा आगमनलाई आगामी राजनीतिक गतिविधि र पार्टी कार्यक्रमसँग जोडेर हेरिएको छ।











प्रतिक्रिया