राष्ट्रिय सभा निर्वाचन: कोशी प्रदेशबाट एमालेकी रोशनी मेचे महिला तर्फ विजयी


काठमाडौं ।

राष्ट्रिय सभा निर्वाचन अन्तर्गत कोशी प्रदेशको महिला समूहतर्फ नेकपा (एमाले) की उम्मेदवार रोशनी मेचे विजयी भएकी छन्। उनले कुल ७ हजार १७३ मतभार प्राप्त गर्दै प्रतिस्पर्धीलाई पराजित गरेकी हुन्।

निर्वाचन परिणामअनुसार प्रदेश सभा तर्फको मत विभाजनमा सूर्य चिन्हले ६४, तारा चिन्हले २२ मतभार पाएको छ भने १ मत बदर भएको छ। कोशी प्रदेश सभामा जम्मा ८७ मतभार रहेको थियो।

त्यस्तै, स्थानीय तह तर्फको मत परिणाममा सूर्य चिन्हले १९९, तारा चिन्हले ५८ मतभार प्राप्त गरेको छ भने यहाँ पनि १ मत बदर भएको निर्वाचन अधिकृतले जनाएका छन्। स्थानीय तह तर्फ कुल २५८ मतभार रहेको थियो।

प्रदेश सभा र स्थानीय तह दुवै तर्फ एमाले उम्मेदवारले स्पष्ट अग्रता हासिल गरेसँगै रोशनी मेचे राष्ट्रिय सभा सदस्यमा निर्वाचित भएकी हुन्। एमालेले कोशी प्रदेशमा संगठनात्मक पकड र राजनीतिक प्रभाव अझ बलियो बनाएको विश्लेषकहरूको भनाइ छ।