काठमाडौं ।
नेपालका लागि जापानी राजदूत तोरु माएदाले नेपाल र जापानबीचको दीर्घकालीन मैत्रीपूर्ण सम्बन्ध प्रगाढ रहेको जिकिर गर्दै जापानले नेपाललाई प्राविधिक, मानव संसाधन विकास, शिक्षा, सञ्चार, सडक तथा कृषि क्षेत्रमा नेपालीकै चाहाना वमोजिम निरन्तर सहयोग गर्ने बताउनुभयो ।

नेपाल–जापान कूटनीतिक सम्बन्धको ७०औँ वर्षगाँठ तथा जाइका अलमनाई एशोसियसन नेपाल (जान) को ५२औँ वार्षिक समारोहमा उहाँले नेपालको विकासमा योगदान दिने जापानको प्रतिवद्धता दोहर्याउनुभएको हो । राजदुत मायदाले जानले नेपाल–जापान सम्वन्ध सुदृढ गर्न तथा आपसी संस्कार र संस्कृतिलाई प्रवद्र्धन गर्न पुर्याएको योगदानको प्रशंसा गर्दै जापान नेपालको ७० औं वर्षगाँर्ठ नेपाल जापानको सम्वन्ध थप विस्तार गर्न कोशेढंगा सावित हुने विश्वास पनि गर्नभयो ।
कार्यक्रममा नेपालका लागि जाइकाका प्रमुख प्रतिनिधि मिजुकी मात्सुजाकीले नेपाल – जापानबीचको ४० वर्षभन्दा लामो सहकार्य विषयमा जाइकाले पुर्याएको योगदानवारे प्रस्तुतीकरण गर्दै नेपालको आर्थिक विकास, शान्ति, सम्वृद्धि तथा र दिगो विकासको लागि शिक्षा, स्वास्थ्य, उर्जा, सुशासन, यातायात, कृषि, जनशक्ति विकास, एवं पुर्वाधारलगायत २१ वटा क्षेत्रमा जापानले सहयोग पुर्याउदै आएको वताउनुभयो ।
उहाँले दुई देशको मैत्रीपूर्ण सम्वन्धलाई अझ मजवुद पार्दै आगामी दिनमा जापानी सहयोग निरन्तर जारी रहने वचनवद्धता प्रकट गर्नभयो । जानका अध्यक्ष डा. रामचन्द्र भुसालले जापानी संस्कृति तथा जापानी जनताको इमान्दार व्यवहारलाई प्रकाश पार्दै जापानी संस्कार, संस्कृति र सुशासनयुक्त पद्दतिवाट नेपाल राष्ट्र निर्माणको आधारस्तम्भका रूपमा लिन सक्नपर्ने वताउनुभयो।
त्यसैगरी जानका उपाध्यक्ष डा. किरण रूपाखेतीले स्वागत मन्तव्य दिँदै सहकार्य, समन्वय र साझेदारीका आधारमा नवप्रवद्र्धन, नवयवा क्षमता विकासमा नेपाललाई पर्याएको सहयोगको प्रशंसा गर्दे उक्त सहयोगको निरन्तरताको अपेक्षा गर्नुभयो भने जानका महासचिव शान्ति लक्ष्मी शाक्याले जानका गतिविधिहरूको संक्षिप्त जानकारी प्रस्तुत गर्दै नेपाल–जापान सम्वन्ध विकासमा जानले पुर्याएको महत्वपुर्ण योगदानका विषयमा चर्चा गर्नु भएको थियो।
कार्यक्रममा जापानी राजदुत माएदाले जानद्वारा वार्षिक रूपमा प्रकाशन गरिने “मिलन” पत्रिकाको औपचारिक विमोचन गर्नुका साथै उक्त प्रकाशनमा योगदान पु¥याउने लेखकहरूलाई प्रशंसापत्र हस्तान्तरण गर्नुभएको थियो। कार्यक्रमा विगत दुइदशक भन्दा वढि समयदेखी जानको मिलन पत्रिकाको प्रधान सम्पादक रही महत्वपुर्ण योगदान पुर्याएका जानका आजीवन सदस्य तथा कार्यसमितिका निवर्तमान सदस्य सिमाविद वुद्धिनारायण श्रेष्ठलाई अभिनन्दन गरिएको थियो ।











प्रतिक्रिया