काठमाडौँ।
नेपाली काँग्रेसका नेता तथा मोरङ क्षेत्र नम्बर–३ का उम्मेदवार डा. सुनिल शर्माले आगामी निर्वाचनमा आफूलाई ७० हजार मत दिएर विजयी गराउन मतदातासँग आग्रह गर्नुभएको छ।
मोरङ–३ का जनताले यसअघि पनि आफूलाई तेस्रो सबैभन्दा बढी मत दिएको स्मरण गर्दै उहाँले यसपटक सबैभन्दा बढी मत प्राप्त गर्नेमा विश्वस्त रहेको बताउनुभयो। सबैभन्दा बढी मतसहित निर्वाचित भए संसदमा बोलिने आवाज अझ बुलन्द हुने र त्यो आवाज देश तथा विदेशमा समेत महत्वका साथ हेरिने उहाँको भनाइ छ।
नयाँ राजनीतिक दलहरुप्रति संकेत गर्दै डा. शर्माले अहिलेको अवस्थालाई ‘एक किसिमको कोरोना भाइरस’ सँग तुलना गर्नुभयो। यस्तो समयमा पनि सबैभन्दा बढी मतसहित विजयी हुनुले महत्वपूर्ण अर्थ राख्ने उहाँले जिकिर गर्नुभयो।











प्रतिक्रिया