घरज्वाइँ नामक फिल्मका निर्देशक अनिल बुढा मगरको निर्देशनमा दोस्रो फिल्मस्वरूप मितज्यूको छायाँकन सुरु भएको छ।
वसन्त पञ्चमीको अवसर पारेर दाङस्थित अम्बिकेश्वरी मन्दिरमा शुभमुहूर्त गर्दै फिल्मको छायाँकन आरम्भ गरिएको निर्माण पक्षले जनाएको छ।
धार्मिक विधिपूर्वक पूजा गरेर पहिलो दृश्य खिच्दै फिल्मको यात्रा सुरु गरिएको हो। निर्माता जनक घर्ती मगरका अनुसार मितज्यू सामाजिक कथावस्तुमा आधारित फिल्म हुनेछ। जसको छायाँकन दाङ र रोल्पाका विभिन्न स्थानमा गरिनेछ।
दयाहाङ राई, सौगात मल्ल, तेरिया फौजा मगर, पुष्कर गुरुङ, शिशिर वाङ्देल, राज थापा, सुवर्ण थापा, अनु थापा, स्मिता लामिछाने, अरुण पुन मगर, उत्तमराज पाण्डे, सविन कट्टेल, उमेश सोनाम, पवित्रा खड्का, चाहना राना मगर, अनुशा राई, खड्गबहादुर पुन मगर (खबपु)लगायतले अभिनय गर्ने फिल्ममा संगीत श्रीकृष्ण बम मल्ल, द्वन्द्व निर्देशन प्रभात विष्ट, छाया“कन शिशिर शिशंखेल र सम्पादन लोकेश बज्राचार्यको रहनेछ। फिल्म आगामी जेठ १५ गते गणतन्त्र दिवसको अवसरमा प्रदर्शनमा आउने निर्माण पक्षले जानकारी गराएको छ।











प्रतिक्रिया